गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु
गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवाको सुभारम्भ गरिएको छ । हेमोडायलाइसिस सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गर्नुभएको हो ।
बढ्दै छ सम्बन्धविच्छेद
रुकुमपूर्वमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका छन् । हरेक वर्ष अदालतको कुल मुद्दामध्ये सम्बन्धविच्छेदका मुद्दा बढी आउने गरेका छन् । चालु आर्थिक वर्षको छ महिनामा जिल्ला अदालतमा परेका १४४ मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका ६८ छन् । स्रेस्तेदार भूपाल भण्डारीले विभिन्न २४ प्रकारका मुद्दा अन्तर्गतका सम्बन्धविच्छेदको मुद्दा ६८ वटा रहेको बताउनुभयो । जसमध्ये ४० वटा मुद्दा फस्र्योट गरिएको छ भने २८ मुद्दा बाँकी रहेको स्रेस्तेदार भण्डारीले जानकारी दिनुभयो । त्यसै गरी जबरजस्ती करणी मुद्दा दोस्रो स्थानमा रहेको अदालतले जनाएको छ । करणीका १४ वटा मुद्दामध्ये आठ वटा फस्र्याेट गरिएको छ वटा बाँकी रहेको भण्डारीले बताउनुभयो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेले वैदेशिक रोजगार, गरिबी, अशिक्षा र कम उमेरमा विवाहले पछि दाम्पत्यबिच विवाद सिर्जना हुँदा सम्बन्धविच्छेद गर्ने बढेको बताउनुभयो ।
भित्रिन पाएनन् तेस्रो देशका पर्यटक
सीमापारि भारतको रुपैडिहास्थित अध्यागमन कार्यालयका कारण नेपालगन्ज नाका हुँदै आउने र जाने तेस्रो मुलुकका पर्यटकको आवागमन करिब चार वर्षदेखि बन्द छ । कोभिडका कारण २०७६ साल फागुनदेखि भारत सरकारले रुपैडिहास्थित अध्यागमनबाट तेस्रो देशका नागरिकको आवागमन बन्द गरेपछि भारतीय स्थलमार्ग हुँदै तेस्रो मुलुकका पर्यटक नेपाल छिर्न पाएका छैनन् । कोभिड समस्या समाधान भइसकेपछि भैरहवालगायतका अन्य नाकाको स्थल मार्गबाट पर्यटकको आवतजावत भए पनि नेपालगन्ज नाकामा भने नियमित हुन सकेको छैन ।
नक्कली टिकट दिएर एजेन्ट फरार
बाँकेको खजुरा गाउँपालिका –४ ईगाउँका अमरबहादुर बुढामगरले दुई बर्षअघि बार्षिक ३६ प्रतिशत ब्याजदरमा रकम लिएर खाडी मुलुक दुबई जानका लागि दुई लाख ३० हजार रुपियाँ म्यानपावर कम्पनीका प्रतिनिधिलाई बुझाउनुभयो ।
चोरखोलामा पाँच दशकपछि विद्युत र खानेपानी
कपिलवस्तुको शिवराज नगरपालिका १ चोरखोला बस्तीमा पाँच दशकपछि विद्युत र खानेपानी पुगेको छ। प्रदेश राजधानी राप्ती उपत्यका र चन्द्रौटाको मध्य भागमा पर्ने चोरखोला बस्तीमा पहिलो पटक विद्युत खानेपानीको सुविधा पुगेको हो।
कोरोनाविरुद्धको खोप अभियान पुनः सुरु
कपिलबस्तुमा कोरोनाविरुद्धको खोप लगाउने अभियान पुनः सुरु गरिएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमित देखा पर्न थालेपछि जिल्लाको कृष्णनगर नाकाबाट खोप लगाउने अभियान थालिएको हो ।
साढे सात करोडको अवैध सामान बरामद
अवैध गतिविधि र चोरी तस्करी नियन्त्रणका लागि सीमा नाकामा खटिएको सशस्त्र प्रहरीले बाँकेबाट ठुलो परिणाममा अवैध सामान बरामद गरेको छ।
‘भारतबाट आउने ८० प्रतिशत बीउ सूचिकृत छैन’
भारतबाट नेपाल आउने ८० प्रतिशत बीउ नेपालमा सूचिकृत नभएको पाइएको छ । विषादी व्यवसायी संघ कपिलवस्तुको प्रथम भेला र नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समितिको प्रथम अधिवेशनमा बोल्ने वक्ताले सो कुरा बताउनुभएको हो ।
देव खनाललाई तिलोत्तमा नगरपालिकाले ५० हजार दिने
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नेपाली क्रिकेट टोली (यु–१९) का कप्तान देव खनाललाई ५० हजार रुपियाँसहित सम्मान गर्ने भएको छ ।
सरुवाविरुद्ध दायर भएको रिट उच्च अदालतद्वारा खारेज
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले सरुवा वदरको मागसहित दायर गर्नु भएको रिट उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले खारेज गरेको छ ।
लालपुर्जा नहुँदा वन्यजन्तु पीडितले क्षतिपूर्ति पाएनन्
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-३ की खिमादेवी उपाध्यायले यस वर्ष आफ्नो बारीमा तरुलखेती गर्नुभएन । विगतका वर्षमा तरुलखेती देखिने उहाँको बारीमा यस वर्ष कोदोखेती गर्नुभयो ।
प्राविधिक जनशक्ति तयार पार्न पालिकाको छात्रवृत्ति
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिकाले प्राविधिक जनशक्ति तयार पार्न छात्रवृत्ति प्रदान गर्दै आएको छ । ‘मेरै गाउँमा, मेरै प्राविधिक’ भन्ने नाराका साथ गाउँपालिकाले प्राविधिक जनशक्ति तयार पार्ने योजनाका अनुसार गत आर्थिक वर्षमा छात्रवृत्ति कार्यक्रम सुरु गरेको थियो ।
रानीमहल जाने बाटो बुधवारवाट बन्द
ऐतिहासिक एवं पर्यटकीय स्थल रानी महल जाने सडक बन्द हुने भएको छ । रानी महल जाने क्षेत्रको बैकुन्ठे भीर नजिकै सडक निर्माण गर्नुपर्ने भएकाले ४८ दिनका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
ट्रमा सेन्टर निर्माणमा ढिलाइ
ठेक्का सम्झौता अनुसार लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको प्रादेशिक ट्रमा सेन्टर सञ्चालनमा आइसक्नुपर्ने हो । २०८० असार २३ गतेसम्म निर्माण सकिसक्नुपर्ने भए पनि अहिलेसम्म आधा पनि भौतिक प्रगति भएको छैन । पूर्व–पश्चिम राजमार्ग केन्द्रित दुर्घटनाका घाइतेको उपचारका लागि सहज होस् भनेर लमही नगरपालिका–४ मा निर्माणाधीन अवस्थामा रहेको ५० शय्याको ट्रमा सेन्टर निर्माणका लागि भ्याटसहित २१ करोड ९३ लाख ३७ हजार ५३६ रुपियाँमा २०७७ साल चैत २४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माणको काम लामा एन्ड गौरी शङ्कर हिमालयन कन्स्ट्रक्सन प्रालि कम्पनीले गर्दै आएको छ । ट्रमा सेन्टर समयमै निर्माण नुहँदा दुर्घटनाका गम्भीर बिरामीलाई जिल्लाबाहिर प्रेषण गर्नुपर्ने बाध्यता रहेको छ ।
तिनाउमा चुरे दोहन
रुपन्देही जिल्लाको उत्तरी सीमातर्फ चुरे क्षेत्रमा पर्ने पाल्पाको तिनाउ गाउँपालिकामा चुरेको दोहन गर्न सुरु गरिएको छ । निजी खेतबारीमा ‘गरा सुधार’ कार्यक्रमको नाम दिएर ढुङ्गा सङ्कलन गरी बेचबिखन गर्न थालिएको छ । किसानलाई ‘गरा सुधार’ गर्न दिने नाममा ढुङ्गा बालुवाको ठेक्कापट्टा गर्ने ठेकेदारलाई ढुङ्गा निकासी गर्न दिएर चुरेको दोहन गरिएको भन्दै रोक्न सरोकारवालाले आग्रह गरेका छन् ।
रेसुङ्गामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड सुरु
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नगरपालिकाले स्थानीय तहस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको हो।
चिसो बढेपछि हाँसको मासुको माग उच्च
गत एक महिनादेखि बाँकेको नेपालगन्ज लगायतका ठाउँहरूमा अत्यधिक चिसो बढेपछि हाँसको मासुको माग ह्वात्तै बढेको छ ।
डुडुवा जिल्लाकै उत्कृष्ट पालिका
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको हो ।
भगवती जात्रालाई विजय उत्सवको रूपमा मनाउन माग
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पाल्पाको टोलीले ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय विजय उत्सवको रूपमा मनाउन माग गरेका छन् ।
बुटवलको पार्किङ समस्या समाधान गर्न पहल सुरु
बुटवलको पार्किङ समस्या समाधान गर्न गठित कार्यदल पार्किङ स्थानको खोजी तथा व्यवस्थापनमा जुटेको छ ।
मिनी रङ्गशालाले अझै पूर्णता पाउन सकेन
बाँकेको खजुरा गाउँपालिका-४ डि गाउँमा लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको मिनी रङ्गशालाले अझै पूर्णता पाउन सकेको छैन ।
गुल्मी कोटवासी दुःखेसो : भोट दियौँ पानी दिएन, वर्षौँदेखि खानेपानीकाे हाहाकार
निर्वाचनको समयमा खानेपानीको समस्या समाधान गरिदिन्छौ भन्ने नेताहरूले आश्वासन भुलेको स्थानीयले गुनासो गरेका छन् ।
निकुञ्जका वन्यजन्तु समस्यामा
बर्दिया राष्ट्रिय निकुञ्ज भएर बग्ने कर्णाली नदीको पूर्वी भँगालो गेरुवा नदीमा पानीको सङ्कट गहिरिएको छ । वन्यजन्तुका लागि पानीको मुख्य स्रोत रहेको यही गेरुवा नदीमा एक दशकअघिसम्म प्रशस्त पानी बग्थ्यो । पानीको बहाव तीव्र थियो । पानी प्रशस्त हुँदा यस क्षेत्रमा निकुञ्जका गैँडा, हात्ती, बाघ र चराचुरुङ्गी आहाल बस्थे, पानी पिउँथे ।
परम्परागत प्रविधि लोपोन्मुख
प्रविधिको परिवर्तनसँगै परम्परागत घरेलु प्रविधिको प्रयोगमा कमी आउन थालेको छ । प्युठानका गाउँघरमा समेत परम्परागत घरेलु प्रविधि विस्थापित बनेका छन् । चिउरीको बिजुला पेलेर घिउ निकाल्ने कोल, धान कुटेर चामल निकाल्ने ढिकी र मकै, गहुँ, कोदो पिसेर पिठो तयार गर्ने जाँतोजस्ता परम्परागत प्रविधिको प्रयोग अहिले गाउँमा कम हुँदै गएको छ । स्वर्गद्वारी नगरपालिका–५, सारीका ५० वर्षीय एमराज बुढाथोकीका अनुसार कोलमा चिउरीको बिजुला पेलेर घिउ निकालेको हिजो जस्तो लाग्छ । आधुनिक प्रविधिको विकाससँगै परम्परागत घरेलु प्रविधि र विधि विस्थापित बनेको हो ।