नेपालको मुख्य रोग नै भ्रष्टाचार र गरिबी हो : सांसद भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले मुलुकको मुख्य रोग भ्रष्टाचार र गरिबी भएको बताउनुभएको छ । जेसिस महाधिवेशनको कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको हो ।
रुखबाट लडेर एकको मृत्यु
पाल्पाको तिनाउ गाउँपालिका –५ कोलडाँडाका ४६ बर्षीय शेरबहादुर गाहाको दालचिनी रुखबाट लडेर मृत्यु भएको छ ।
चार महिनामा ५२ क्षयरोगी भेटिए
बाँकेको कोहलपुर नगरपालिका क्षयरोगको उच्च जोखिममा रहेको छ । सो पालिकामा गत चार महिनामा ५२ जना क्षयरोगका बिरामी भेटिएका छन् ।
अहिलेको व्यवस्था सबैभन्दा उत्तम हो : महामन्त्री थापा
रेखीराम रानातानसेन, मङ्सिर ३० गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको व्यवस्था सबैभन्दा उत्तम व्यवस्था रहेको बताउनुभएको छ। शनिबार पाल्पाको तानसेनमा कांग्रेसको प्रथम सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले सङ्घीयता, शासकीय स्वरुपका विषयमा छलफल गर्न सकिने भए पनि व्यवस्थाको विषयमा छलफल हुन नसक्ने बताउनुभयो। केही दुई/चार जना नेताको कारणले व्यवस्था नै नराम्रो हो भन्ने तरिकाबाट कांग्रेस अगाडि बढ्न नसक्ने उहाँको भनाइ छ। व्यवस्था मात्र परिवर्तन गर्ने बहसले अर्को पुस्ताले थप २० वर्ष दुःख पाउने उहाँको भनाइ छ। महामन्त्री थापाले यही संविधानलाई टेकेर शासकीय स्वरुप, सङ्घीयताको विषयमा छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। महामन्त्री थापाले भन्नुभयो, ‘‘कांग्रेस व्यवस्थाका विषयमा अलमलियो भने जनताले दुःख पाउने भएकाले अब कांग्रेस व्यवस्थाका विषयमा अलमलिनु हुँदैन। पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउँदै अगाडि जानुको विकल्प छैन। ’’ नागरिकले अहिले पनि राम्रो दिन आएको महसुस गर्न नपाएकाले राम्रो दिन आयो भनेर जनताले भन्न सक्ने वातावरण बनाउनुपर्नेमा उहाँको जोड थियो। विगतदेखि भइरहेको भ्रष्टाचार र कुशासनको कारणले नागरिकमा व्यापक असन्तुष्ट रहेको महामन्त्री थापाले बताउनुभयो। देशमा व्याप्त भ्रष्टाचार र कुशासनलाई नेपाली कांग्रेसले नागरिकलाई जवाफ दिन सक्नुपर्ने महामन्त्री थापाले प्रष्ट पार्नुभयो । अन्य दललाई जस्तो कांग्रेसलाई नागरिकको प्रश्नबाट भाग्न मिल्ने अवस्था नरहेकाले प्रत्येक प्रश्नको जवाफ कांग्रेसले दिनुपर्ने उहाँको जिकिर छ। अहिले चर्चामा रहेको सुनकाण्ड र एनसेल प्रकरणको पनि कांग्रेसले के हो भनेर जवाफ दिन सक्नुपर्ने बताउनुभएको छ। वि.स. २०४६ पछि सबै उच्च तहमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने र त्यसका लागि आफूले संसदमा प्रस्ताव लैजान लागेको महामन्त्री थापाले जानकारी दिनुभयो। कांग्रेसमा भएका थोरै मानिसले गरेको अपराधको भारी आठ लाख नेता कार्यकर्ताले बोक्नुपर्ने अवस्था आएको भन्दै सबैले खराब प्रवृत्तिविरुद्ध बोल्न सक्नुपर्नेमा उहाँको जोड छ। सरकारमा कांग्रेस भए पनि अहिलेको सरकारले यो काम गर्यो भनेर भन्न सक्ने अवस्था भने नरहेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।
राजस्व छलीको ट्रक नियन्त्रणमा लिँदा व्यवसायी र प्रहरीबिच झडप
नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको एक भारतीय नम्बरको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले छानबिनका लागि शुक्रबार राति नियन्त्रणमा लिएको छ।
‘रोग पहिचानको प्रवेशद्वार नै छायामा’
नेपालमा अहिले पनि अस्पताल गएर कुन चिकित्सक कहाँ उपचार गराउने भनेर अलमल हुन्छ । यसरी अलमलिएको बिरामीलाई टिकट काट्ने कर्मचारीले रोगको प्रकृति अनुमान गरेर सोहीअनुसार चिकित्सक कहाँ पठाउने प्रचलन छ ।
चुँदारा समुदायको पेसा सङ्कटमा
गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय सङ्कटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागतरुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।
तानसेन–९ लाई मेयर कप फुटबलको उपाधि
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि तानसेन–९, दमकडाले चुमेको छ । तानसेनको टुँडिखेल मैदानमा भएको फाइनल खेलमा तानसेन–९ ले तानसेन–१ (क) लाई १–० गोलअन्तरले पराजित गर्दै कपको उपाधि चुमेको हो ।
फिज्यान्ट संरक्षणमा चुनौती
नेपालमा फिज्यान्ट (कालिज)का डाँफे, मुनाल, चिर, चिलिमे, फोकराँस, कालिज, लुइँचे र मयुर गरी आठ प्रजाति पाइन्छन् । लुइँचे र मयुर तराई, कालिजमध्ये क्षेत्र र बाँकी प्रजाति उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छन् । फिज्यान्ट ठुलो शरीरको हुन्छ । भाले रङ्गीबिरङ्गी सुन्दर देखिन्छ । यसको मुख्य बास स्थान जमिन हो । बि
प्रेमका प्रतीक रानीमहल
पछिल्लो समय नेपालमा पर्यटकको चहलपहल बढ्दो क्रममा देखिएको छ । पर्यटकको आगमन पहिलेभन्दा राम्रो अवस्थामा रहेको विभिन्न आँकडाले देखाएका छन् । मुलुकभित्र विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको सङ्ख्यामा आएको उत्साहजनक वृद्धिले पर्यटकीय स्थलहरूसमेत भरिभराउ देखिन थालेका छन् । यसै क्रममा पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल ‘रानीमहल’ स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न सफल भएको छ । नेपालको ताजमहलसमेत भनेर चि
बाँकेमा सोलारबाट बिस मेगावाट विद्युत्
बाँके जिल्लामा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको खजुरा गाउँपालिकाको घिया र रनियापुर गाउँमा निर्माण गरिएका दुई सोलार विद्युत् आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
महिलाद्वारा उत्पादित बस्तुको प्रदर्शनी गरिने
महिलाले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ता कपडा, सामग्री, उत्पादनको बजारीकरणका लागि नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आयोजना हुनेभएको छ ।
युवामैत्री नीति, कानुन र योजना बनाउनुपर्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले युवामैत्री नीति, कानुन र योजना निर्माण गर्नुपर्ने बताउनुभएको छ । युवाको पक्षमा कानुन बनाउन संसद प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
तिलौराकोट विश्वको विकसित सभ्यता मध्ये एक हो : पूर्व प्रधानमन्त्री भट्टराई
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्राचीन तिलौराकोट विश्वको विकसित सभ्यता मध्ये एक रहेको बताउनुभएको छ।
प्रधानमन्त्री कप छनोट प्रतियोगिताको उपाधि दाङलाई
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला टि–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि दाङले जितेको छ । दाङको घोराही उपमहानगरपालिका –१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको फाइनल खेलमा रुपन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधि जितेको हो ।
प्रविधिमय बन्दै रिब्दीकोट गाउँपालिका
रिब्दिकोट गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट हुने राजस्व भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यसाथ क्यूआर कोड सुरु गरेको छ ।
विद्यालयमा संसद् अभ्यास
तुलसीपुर उपमहानगरपालिका-६ स्थित ग्रेट अरनिको माविमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थी एलिसा बुढाले नमूना संसद्मा पेस गरिएको ‘शिक्षा विधेयक’माथि टिप्पणी गर्दै भन्नुभयो, “पहिले एसएलसी पास गरेका विद्यार्थीले खरिदारको परीक्षा दिन पाउँथे, तर अहिले कक्षा १० पास गरेका विद्यार्थीले किन दिन नपाउने ?” यसको जवाफ नमूना संसदमा शिक्षामन्त्री बन्नुभएका शङ्कर थापाले दिनुभयो ।
आन्तरिक पर्यटकको गन्तव्य बन्दै जखेरा ताल
देउखुरी उपत्यकाको मध्य-उत्तरी भागमा अवस्थित जखेरा ताल लुम्बिनी प्रदेशमात्रै नभई छिमेकी प्रदेशबाट घुम्न आउने आन्तरिक पर्यटकबीच लोकप्रिय गन्तव्यका रुपमा रहेको छ ।
तस्करीका सामग्री प्रहरीद्वारा बरामद
गत केही समय यता सीमा नाकामा तैनाथ नेपाली सुरक्षाकर्मीले भारतबाट हुँदैआएको तस्करी रोक्न आफ्नो सक्रियता बढाएको छ । प्रहरीले तस्करीको सामग्री बरामद गरेको छ ।
हाइमास्ट लाइटको विद्युत् महसुल बक्यौता तीन करोड ३३ लाखभन्दा बढी
नेपालगन्ज उपमहानगरपालिकामा जडान भएका हाइमास्ट लाइटहरुको तीन करोडभन्दा बढी विद्युत महसुल बक्यौता रहेको विद्युत वितरण केन्द्र नेपालगन्जले जनाएको छ।
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्रका ९८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत् स्वास्थ्य सेवा प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गर्दै धर्ना
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भइरहेको धर्ना तथा विरोध प्रदर्शनप्रति रुपन्देहीमा रहेका निजी क्षेत्रका संघ संस्था, राजनीतिक दल तथा सामाजिक संस्थाले ऐक्यबद्धता जनाएका छन् ।
कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज
घोराही उपमहानगरपालिका–१५ अमृतटोल स्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले उत्पादन गरेका वस्तुले बिक्री गर्न सहज भएको छ । कृषि उपजले कृषकले उत्पादन गरेको वस्तु बिक्री गर्न सहज भएसँगै बजारसमेत पाएको छ । उपभोक्ताले समेत सस्तोमा ताजा तरकारीलगायतका कृषि उपज उपभोग गर्न पाएका छन् ।
एकै रातमा आठ वटा मोटरसाइकल चोरी
सिद्धार्थनगर नपा–११ स्थित सिसवा, भुजौली र पिपरिया लगायतका गाउँमा एकैरात आठवटा मोटरसाइकल चोरी भएको छ ।