• ५ जेठ २०८१, शनिबार

सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा

blog

कमल खत्री 

नेपालगञ्ज, माघ २० गते । नेपालगञ्जमा सञ्चालन भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामाको छात्रतर्फ जय बागेश्वरी इंग्लिस मेडियम स्कूल र नेपालगञ्ज सेन्ट जेभियर्स सेमिफाइनलमा प्रवेश गरेका छन् । 

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा शनिबार जय बागेश्वरीले ड्रिमल्याण्ड र सेन्ट जेभियर्सले सेन्ट थोमसलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । 

जय बागेश्वरीले ड्रिमल्याण्डलाई १–० गोलले पराजित गरेको छ । खेल शुरु भएको सातौँ मिनेटमा जय बागेश्वरीका पुष्कर साउदले गरेको गोल नै निर्णायक भएको थियो । यो खेलमा साउद नै म्यान अफ दि म्याच हुनुभयो । 

अर्को खेलमा सेन्ट जेभियर्सले सेन्ट थोमसलाई २–१ गोलले पराजित ग¥यो । १२औँ मिनेटमा पुष्कर भण्डारीको गोलबाट सेन्ट जेभियर्सले अग्रता लिएको थियो ।

 ४५औँ मिनेटमा विपिन खड्काले गोल गर्दै टीमको अग्रता अझ बढाउनुभयो । सेन्ट थोमसका निशान्त न्यौपानेले ५५औँ मिनेटमा गोल गर्नुभएको थियो । यस खेलमा जेन्ट जेभियर्सका निशान्त शाही म्याद अफ दि म्याच हुनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ को एन्फा ग्रासरुट टे«निङ सेन्टरमा जारी प्रतियोगितामा २८ स्कूलले भाग लिएका छन् । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार रुपियाँ प्राप्त गर्नेछन् ।