• ६ वैशाख २०८२, शनिबार

एक वर्षमा पन्ध्र प्रतिशतले सस्तियो पेट्रोलियमको मूल्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ६ गते । अन्तर्राष्ट्रिय बजारमा एक वर्षको अवधिमा कच्चा पेट्रोलियम पदार्थको मूूल्य १५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८० फागुुनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको प्रतिब्यारल ८३.९५ अमेरिकी डलर रहेकामा चालुु आवको फागुुन मसान्तमा १५.६४ प्रतिशतले घटेर ७०.८२ अमेरिकी डलरमा झरेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । 

नेपाल आयल निगमका अनुसार २०८० वैशाख ३ मा प्रतिलिटर १७८ रुपियाँ रहेको पेट्रोलको मूल्य एक वर्षको अवधिमा लिटरमा १८ रुपियाँले मूल्य घटेर १६० रुपियाँमा झरेको छ । यस्तै गत वैशाखमा प्रतिलिटर १६१ रुपियाँ रहेको डिजेलको मूल्य एक वर्षको अवधिमा लिटरमा १५ रुपियाँले घटेर १४६ रुपियाँमा झरेको निगमले जनाएको छ । 

यस्तै गत वर्ष प्रतिलिटर १३७ रुपियाँ रहेको हवाई इन्धनको मूल्य एक वर्षको अवधिमा लिटरमा १६ रुपियाँले घटेर १२५ रुपियाँमा झरेको छ । एक वर्षको अवधिमा डिजेल, पेट्रोल र हवाई इन्धनको मूूल्य घटे पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेको छ । निगमका अनुसार एक वर्षको अवधिमा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ११० रुपियाँले बढेर एक हजार ९१० रुपियाँमा पुुगेको छ । भारतमा ग्यासको मूूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । 

इन्डियन आयल कर्पाेरेसन (आइओसी) ले प्रत्येक महिनाको दुुई पटक मूूल्य पठाउने गर्छ । सोही अनुसार निगमले स्थानीय बजारमा मूूल्य समायोजन गर्ने गर्छ । निगमले गत वर्षदेखि पेट्रोलियम पदार्थमा स्वचातिल मूल्य कार्यान्वयनमा ल्याएको छ । स्वचालित मूल्य अनुसार स्थानीय बजारमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्छ ।