• ६ वैशाख २०८२, शनिबार

जिल्लास्तरीय भलिबलको तयारी

blog

राममणि दाहाल

मकवानपुर, वैशाख ६ गते । नव वर्ष २०८२ र लोकतन्त्र दिवशको अवसरमा मकवानपुरको चित्लाङमा जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । 

यही वैशाख ८ गतेदेखि ११ गतेसम्म जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता थाहा नगरपालिका ९ चित्लाङस्थित माझगाउँस्थित खेल मैदानमा हुनेभएको हो । 

नेपाली कांग्रेस थाहा ९ को आयोजना र थाहा–१० को समन्वयमा साविक चित्लाङ गाविस गाउँ इकाई समितिका कांग्रेसका सभापति शालिकराम मानन्धर र उप–सभापति तेजबहादुर केसीको स्मृतिमा हुने प्रतियोगितामा प्रथम हुनेले ५५ हजार रुपियाँ शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका उपसंयोजक दीपक गोपालीले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगितामा द्वितीय हुने टिमले ३५ हजार र तृतीय हुने टिमले २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक टिमको १२ जना खेलाडीलाई मात्रै रहने व्यवस्था मिलाईएको जानकारी दिँदै उहाँले खेलाडी मकवानपुर जिल्लाभित्रै कै हुनुपर्ने बताउनुभयो ।