• १ असार २०८२, आइतबार

पूर्व प्रधानमन्त्री नेपाल रौतहटमा

blog

वीरेन्द्र साहप्रति श्रद्धान्जली अर्पण गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल। तस्बिरः प्रवीणकुमार शर्मा

प्रवीण कुमार शर्मा  

चन्द्रपुर (रौतहट), जेठ ३१ गते। पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका प्रदेश कमिटी  सदस्य वीरेन्द्र साहप्रति  श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

अध्यक्ष नेपालले श्रद्धान्जली कार्यक्रममा सहभागी हुन् शनिबार रौतहट आउनु भएको हो। रौतहटको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वामा आयोजित श्रद्धान्जली सभामा सहभागी हुँदै पार्टीले एक सच्चा, निष्ठावान, कर्मठ सिपाही गुमाएको बताउनुभयो। 

अध्यक्ष नेपालले २०५६ सालदेखि सिङ्गो पार्टीप्रति समर्पित व्यक्ति गुमाउनुको पीडाको वर्णन गरेर साध्य नभएको उहाँको भनाइ छ। 

श्रद्धान्जली सभामा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह, राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारीप्रसाद यादव , नेकपा नेता रेवन्त झा लगायतका नेता कार्यकर्ताको उपस्थिति  रहेको थियो।

प्रदेश कमिटी सदस्य साहको जेठ २३ गते हृदयघातका कारण मृत्यु भएको थियो।