काठमाडौँ , असार १ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदको क्यालेन्डरलगायतका विषयमा प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ ।
आइतबार बिहान ९ बजे संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू छलफलमा सहभागी भएका छन् । प्रतिनिधि सभामा प्रतिपक्ष दलहरूले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन ।
यसबारेमा पनि सभामुखले दलका प्रतिनिधिहरूसँग नियमित छलफल चलाइरहेका छन् ।