• १ असार २०८२, आइतबार

हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्यो : चार मजदुर गम्भीर घाइते

blog

बन्दै गरेको बेलिब्रिज भत्किएपछि । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, जेठ ३१ गते । मेची राजमार्गमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुग्नासाथ खसेको छ ।

शनिबार साँझ बेलिब्रिज खस्दा चार जना मजदुर गम्भीर घाइते भएको पाँचथरका प्रहरी प्रमुख कौशल बुडाथोकीले जानकारी दिनुभयो । अन्य दुई मजदुर सामान्य घाइते छन् । गम्भीर घाइते मजदुर बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाराको सिमरा उपमहानगरपालिका– १२ घर भएका २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी  र २५ वर्षीय भुलेश्वर चौधरी गम्भीर घाइते हुनुहुन्छ । सोही स्थान घर भएका ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरीको टाउकोमो चोट लागेको छ । सबै घाइतेको पाँचथर अस्पताल फिदिममा उपचार भइराखेको छ । 

पाँचथर ताप्लेजुङ सडक खण्डमा पर्ने उक्त बेलिब्रिज तीन करोड लगानीमा सडक डिभिजन इलामले निर्माण गर्दै थियो ।