यादवराज पुरी
रौतहट, असार १ गते । आइतबार बिहान करिब ८ बजेको समयमा चट्याङ् लागि रौतहटमा एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका १ जयनगर निवासी वर्ष ६५ का सियाराम बनियाँको मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार आफ्नै घर अगाडि बाँधेका बाख्रा खोल्ने क्रममा चट्याङ् लागी बेहोस हुनुभएका बनियाँलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लागिएको र सोही क्रममा करिब १० बजेको समयमा मृत्यु भएको हो ।