काठमाडौँ, वैशाख ६ गते। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताको छलफल जारी छ। प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता छलफलमा सहभागी हुनुहुन्छ।
संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता छलफलमा जुट्नुभएको हो।
प्रधनमन्त्रीको निजी सचिवालयका अनुसार छलफलमा तीन दलका शीर्ष नेतासँगै गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी हुनुहुन्छ।