बेवारिसे सवारीसाधनको लिलामी प्रक्रिया सुरु
जिल्ला प्रहरी कार्यालय बाँकेले लामो समयपछि बेवारिसे सवारी साधनहरुको लिलामी प्रक्रिया अगाडी बढाएको छ ।
घरदैलोमै सेवा पाएपछि ज्येष्ठ नागरिकमा उत्साह
बुटवल उपमहानगरपालिकाको ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रमले ज्येष्ठ नागरिकमा उत्साह छाएको छ ।
भ्यू–टावर सर्वसाधारणका लागि खुला
बाँकेको कोहलपुरमा निर्माण गरिएको भ्यू–टावर शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । कोहलपुरको गोलपार्कमा निर्माण गरिएको भ्यू–टावर परीक्षणकालका लागि नगरपालिका आफैले सञ्चालन गर्नेगरी सर्वसाधारणका लागि खुला गरिएको हो ।
कुटपिट गर्ने वडाध्यक्षलाई कारवाही गर्न माग
खजुरा गाउँपालिका –५ का वडाध्यक्षले प्राविधिक कर्मचारीलाई कुटपिट गरेको भन्दै कर्मचारीका चार संगठनले कारवाहीको माग गरेका छन् ।
पाँच पालिकामा कोरोनाविरुद्धको खोप अभियान
कपिलवस्तुमा कोरोनाविरुद्धको खोप अभियान पुनः सञ्चालन गरिने भएको छ ।
प्रतिवादी आठ वर्षपछि पक्राउ
सामूहिक बलात्कार गरी भिडियो सार्वजनिक गर्ने एक युवक आठ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका –१ पकडीका ४३ वर्षीय धर्मेन्द्र केवटलाई पकाउ गरेको जनाएको छ ।
१७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने
पाल्पाका १७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी गरिएको छ । पाँच वर्षमुनिका करिब १७ हजार ८४५ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने तयारी गरिएको हो ।
बालविवाह रोक्न ‘छोरी सुनौलो भविष्य कार्यक्रम’
पश्चिम नवलपरासीमा बालविवाह रोक्न चुनौती नै बनेको छ । लुम्बिनी प्रदेशभर देखिएको तथ्याङ्कअनुसार पश्चिम नवलपरासीमा बाल विवाह रोक्न चुनौती रहेको छ ।
नेपालगन्जका पाँचस्थानमा ‘ट्राफिक लाइट’ जडान
नेपालगन्जका विभिन्न पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएका छन् । गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको छ ।
घाइते र अपाङ्गता भएकाको उपचार निःशुल्क
लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार सुरु गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उपचारको काम अघि बढाएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका घाइते तथा अपाङ्गता भएकाको निःशुल्क उपचारका लागि प्रदेश गृह मन्त्रालयले सम्झौताका लागि लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई पत्र पठाएर बोलाएको थियो । गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीले लुम्बिनी प्रादेशिक अस्पताल मात्र आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता भएर काम अगाडि बढेको छ । उपचारका लागि आउन सूचनासमेत प्रकाशन गरिसकेका छौँ ।”
किसानलाई गुलेली र मटेङ्ग्रा वितरण
गुल्मीमा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ ग्वादीका बाँदर पीडित किसानलाई गुलेली र मटेङ्ग्रा प्रदान गरिएको छ । गाउँमा बाँदर आतङ्क बढेपछि यहाँका किसानलाई गुलेली र मटेङ्ग्रा प्रदान गरेको छ ।
नेपालमै विद्यालय पोसाक खरिद गर्ने वातावरण बनाउन माग
नेपाल भारत सीमा नाकामा रहेको नेपालगन्ज सहर र सो वरिपरिका ठाउँमा बसोबास गर्ने अधिकांश विद्यालयले सीमा पारी रुपैडिहाबाट विद्यालय पोसाक खरिद गराउने गरेकोमा नेपालगन्जका गार्मेन्ट व्यवसायीले विरोध गरेका छन्।
‘टुर दि ठाकुरद्वारा’मा भारत–चीनका साइकलयात्रीको सहभागिता
माघ २६ र २७ गते हुने ‘टुर दि ठाकुरद्वारा’ मा भारत र चीनका साइकलयात्रीको पनि सहभागिता रहने भएको छ । कार्यक्रममा दुईसय बढी साइकलयात्री सहभागी हुने नेपालगञ्ज साइक्लिङ क्लब टुर दि ठाकुरद्वाराका कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिनुभयो ।
भेरी अस्पतालमा 'एमआरआई' सेवा
पश्चिम नेपालको विशिष्टिकृत अस्पतालका रूपमा विकसित भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा आएको छ।
पशुमा लाग्ने खोरेत राेगविरुद्धको खोप अभियान
कपिलवस्तुमा पशुमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।
एक हजारभन्दा बढी घरधुरी शौचालयविहीन
गाउँपालिका अध्यक्ष र कर्मचारीसहितको टोली गाउँमा शौचालय भए नभएको अवलोकन गर्न विजयनगर गाउँपालिका-५ पिपरी पुगेका छन् ।
'रुरुक्षेत्र' पुस्तक विमोचन
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक विमोचन गरेको छ। गाउँपालिकाद्वारा आयोजित एक औपचारिक कार्यक्रमबिच गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, जनबोध माध्यमिक विद्यालयको कक्षा-१ मा अध्ययनरत विद्यार्थी अनिसा कुँवरले ‘रुरुक्षेत्र’ पाठ्यपुस्तक विमोचन गर्नुभएको हो।
नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्य अन्तिम चरणमा
नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनीले लाइट जडान कार्यलाई तिव्रता दिएपछि नेपालगन्जको सडकमा अब छिट्टै ट्राफिक लाइट बल्ने भएको हो ।
मेयर कप फुटबल : सेन्ट जेभियर्स र मोडेल एकेडेमी च्याम्पियन
नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्र) र नेपालगन्ज मोडेल एकेडेमी (छात्रा)मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
वितरण गरिँदै पैँतीस हजार पुर्जा
रुपन्देही जिल्लामा ३५ हजार जग्गाधनी पुर्जा वितरणका लागि तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय भूमि आयोग रुपन्देहीले जिल्लामा एक लाख २० हजार अव्यवस्थित र सुकुमवासी परिवार रहेको जनाएको छ । भूमि आयोग रुपन्देहीले जिल्लामा जग्गा नापजाँचको काम गर्दै आएको र त्यसक्रममा ३५ हजार जग्गाधनी पुर्जा वितरणका लागि तयारी अवस्थामा रहेको जनाएको हो । आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जिल्लाका केही पालिकामा सुकुमवासी र अव्यवस्थित बसोबासी गरी करिब पाँच हजार घरपरिवारलाई लालपुर्जा वितरण गरिसकेको बताउनुभयो ।
कबुलियती वनबाट स्थानीयलाई फाइदा
कबुलियती वनले स्थानीयवासीलाई आम्दानीसँगै पर्यटकलाई आकर्षित गरेको छ । जिल्लाको निस्दीस्थित काउलेडाँडाको २५० हेक्टर क्षेत्रफलमा लगाइएको कबुलियती वनले स्थानीय बासिन्दालाई आम्दानी दिएको छ भने आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको हो । यहाँको वनभित्र लगाइएको अम्रिसोबाट स्थानीय बासिन्दाले वार्षिक तीन करोड रुपियाँभन्दा बढी आम्दानी लिन सफल भएका छन् । स्थानीय बासिन्दाले खोरियाका रूपमा प्रयोग गरेको नाङ्गो डाँडा १० वर्षअघि कबुलियती वन बनाएर नेपाल सरकारले ४० वर्षका लागि हस्तान्तरण गरेपछि यसले आम्दानी दिन थालेको स्थानीय बासिन्दा दमन पाटामगरले बताउनुभयो ।
द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’
दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ ।
भन्सार छली ल्याएका खसीसहित दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छली अवैधरुपमा नेपाल ल्याउँदैगरेका अवैध खसीबाख्रा बरामद गरेको छ । प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल ल्याइएका पाँचवटा खसीबाख्रा बुधवार नेपालगन्जबाट बरामद गरेको हो ।
उपलब्धि संस्थागत गर्ने बेलामा धोका भयो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आन्दोलन संस्थागत गर्ने बेलामा धोका भएका कारण उपलब्धि संस्थागत हुन नसकेको बताउनुभएको छ ।