लुम्बिनी प्रथम बन्यो रुरुक्षेत्र गाउँपालिका
यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरि १२ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९३.२५ प्रतिशत अङ्क प्राप्त गरेको यस गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा हालसम्म लुम्बिनी प्रदेशमा पहिलो र देशभरमा चौंथो भएको छ ।
पाल्पा दुर्घटना अपडेट: मृतकको सङ्ख्या १० पुग्यो, १६ जना घाइते (विवरणसहित)
पाल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
९२ जना जनयुद्धका सहिद, वेपत्ता तथा घाइते परिवारलाई सम्मान
बाँकेको राप्तीसोनारी गाउँपालिकामा ९२ जनयुद्धका सहिद, वेपत्ता, घाइते तथा अपाङ्ग परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
पाल्पा दुर्घटना अपडेट : आठ जनाको मृत्यु, १८ घाइते
पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो।
पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु
पाल्पाको तिनाउ गाउँपालिका-६ चिदिसमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
यतिको उडान फागुन ५ गतेदेखि नेपालगन्ज–जनकपुर
जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगन्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज–जनकपुर सिधा हवाई उडान सुरु हुन थालेको छ ।
अक्सफोर्डलाई बुटवल मेयर कप उपाधि
बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ । फाइनल खेलमा नवीन औद्योगिक माविलाई १–० गोलले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो ।
युरोपियन युनियनको सहयोगमा नेपालगन्जमा ग्रीन सिफ्ट परियोजना सञ्चालन
युरोपियन युनियनको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले उपमहानगरमा ग्रीन सिफ्ट परियोजना सञ्चालन गर्ने सम्झौता गरेको छ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कोहलपुरलाई
१५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले हात पारेको छ ।
ट्राफिक व्यवस्थापनका लागि त्रिपक्षीय सहकार्य
नेपालगञ्ज उप-महानगरपालिकाभित्र ट्राफिक व्यवस्थापनका लागि स्थानीय तह, प्रहरी र उद्योग वाणिज्य सङ्घ मिलेर सामुहिक पहल अघि बढाएका छन्।
समलिङ्गी विवाहलाई कानुनी मान्यता
बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुनुहुनुहुन्छ ।
सार्वजनिक सुनुवाइमा न्यून सहभागिता
पाल्पा जिल्लाका १० वटा स्थानीय तहले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सर्वसाधारणको सहभागिता न्यून देखिएको छ । स्थानीय तहबाट भइरहेका विकास निर्माणका काम, दैनिक सेवा तथा अन्य विविध विषयमा गुनासो सुन्नका लागि गरिएको उक्त कार्यक्रममा सर्वसाधारणको सहभागिता कमजोर देखिएको हो । यस जिल्लाका दुई नगरपालिका तानसेन, रामपुरसहित आठ पालिकाले गत आव र चालु आवको अर्धवार्षिक कार्यक्रमको सार्वजनिक सुनुवाइ गरिरहेका छन् । उक्त सुनुवाइमा जनप्रतिनिधि र कर्मचारीको मात्र बढी सहभागिता हुने गरेको रैनादेवी छहरा–४ का स्थानीय कमल घिमिरेले बताउनुभयो । पालिकाले आयोजना गरेको कार्यक्रममा सर्वसाधारण नागरिकलाई सहभागिता गराउन कन्जुस्याइँ गरिएको उहाँको भनाइ छ ।
आवधिक योजना बनाउँदै प्रदेश सरकार
लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजना बनाउँदै छ । आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी बनाउन थालिएको आवधिक योजनाको विषयमा सरोकारवालाको राय सुझाव सङ्कलन थालिएको छ । आवधिक योजनामा सबै क्षेत्रलाई समेटेर सबैले अपनत्व लिने गरी नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गर्ने भएकाले सरोकारवाला क्षेत्रबाट योजना निर्माणमा सहयोग गर्न प्रदेश योजना आयोगले आग्रह गरेको छ ।
हाटबजारमा छैन चहलपहल
रुपन्देहीको पुरानो सूर्यपुरा हाटबजारमा आर्थिक मन्दीको प्रभाव देखिएको छ । यहाँका व्यापारीले गत दुई वर्षदेखि हाटबजारमा आउने ग्राहकको सङ्ख्यामा भारी कमी आएको र त्यो क्रम अहिलेसम्म कायमै रहेको बताएका छन् । हरेक बुधबार लाग्ने उक्त हाटमा १० हजार बढी ग्राहक घरायसी सामान खरिद गर्न आउने गर्थे तर अहिले मुस्किलले दुई हजार ग्राहक आउने गरेका व्यापारी रमेश मल्लाहले बताउनुभयो । व्यापारी मल्लाहका अनुसार ग्राहक हाटबजारमा आए पनि पहिले जस्तो सामान नकिन्ने र बजार हेरेर फर्कने गरेका छन् । उता रुपन्देहीकै पुरानोमध्येकै फर्साटिकर बजारको अवस्था पनि उस्तै रहेको व्यापारीको गुनासो छ । उक्त बजारमा ग्राहकको सङ्ख्या घट्दै गएको र ग्राहक आए पनि थोरै सामान किनेर फर्किने गरेका स्थानीय व्यापारी सीता भण्डारीको गुनासो छ । जुत्ता चप्पल पसलमा एक डेढ वर्षअघिसम्म दिनमा आठ हजार रुपियाँसम्मको
सिमानामा राष्ट्रिय झन्डा
दाङको गढवा गाउँपालिका ८ कोइलाबासस्थित नेपाल भारत सिमानामा सोमबार दाङ जिल्ला सुरक्षा समितिको आयोजनामा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, सशस्त्र प्रहरी,नेपाल प्रहरी,एसएसबीको सहभागितामा नेपालको राष्ट्रिय झन्डा राखिँदै ।
सुदूरपश्चिम र गण्डकी प्रदेश विजयी
बाँकेको कोहलपुरमा सञ्चालन भइरहेको सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् ।
जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी पक्राउ
इलाका प्रहरी कार्यालय कोहलपुरले शारीरिक अपाङ्गता भएकी महिलालाई जबरजस्तीकरणी गरी फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
विद्युत कटौती हुन थालेपछि उद्योगीले गुहारे प्राधिकरण
रुपन्देहीका उद्योगीहरूले अघोषित विद्युत कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादनको काम ठप्प भएको भन्दै विद्युत प्राधिकरणसँग समस्या समाधानको माग गरेका छन् ।
स्थानीयद्वारा एम्बुलेन्स माग
गुल्मीको रेसुङ्गा नगरपालिका–१४ पराल्मीका स्थानीयले एम्बुलेन्सको माग गरेका छन् । रेसुङ्गा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा त्यहाँका स्थानीयले एम्बुलेन्सको माग गरेका हुन् ।
स्वास्थ्य शिविरबाट २८३ जना लाभान्वित
बाँकेको नेपालगन्जमा आयोजना गरिएको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरमा नौ जिल्लाका २८३ जनाले विशेष स्वास्थ्य सेवा लिएका छन् ।
बजार मूल्य स्थिर नहुँदा च्याउखेती गर्ने किसान मर्कामा
बाँकेमा पछिल्लो समयमा च्याउखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।
फरार प्रतिवादी भटाभट पक्राउ
इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जनाएको छ ।
महिला यू–१९ राष्ट्रिय क्रिकेटमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी
बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी भएका छन् ।
जिभिएन स्कुललाई दुई वर्ष खेलमा प्रतिबन्ध लगाइने
बाँके जिल्ला फुटबल सङ्घले जिभिएन स्कुललाई दुई वर्षको लागि खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बाँके जिल्ला फुटबल सङ्घको शनिबार बसेको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरीतको क्रियाकलाप गरेको भन्दै दुई वर्ष र १० हजार जरिवाना गर्ने निर्णय गरेको हो ।