अर्गानिक तरकारी बिक्री केन्द्र सञ्चालन
नेपालगन्जका उपभोक्तालाई स्थानीय किसानले उत्पादन गरेको विषादी नहालेको अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले यहाँ प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । नेपालगन्ज र सो वरिपरिका किसानले उत्पादन गरेका अर्गानिक तरकारी सङ्कलन तथा बिक्री गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका–२०, राँझामा प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष कौशलकुमार धोबीले बताउनुभयो ।
रक्तदाता संघको अध्यक्षमा भण्डारी
नेपाल नियमित रक्तदाता संघको अध्यक्षमा भगवान भण्डारी चयन हुनुभएको छ । नेपाल नियमित रक्तदाता संघको तानसेनमा भएको भेलाले उहाँलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ नेपालगन्जमा
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लुम्बिनी प्रदेशस्तरीय सुरक्षा सम्मेलनमा सहभागी हुन बुधबार साँझ नेपालगन्ज आइपुग्नु भएको हो।
बेलहियाबाट पाँच अर्ब ६८ करोडको नेपाली उत्पादन निर्यात
रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट सिमेन्टदेखि अदुवासम्म निर्यात हुने क्रम बढेको छ । अदुवा धेरै पहिलेदेखि निर्यात हुँदै आएपनि सिमेन्ट निर्यात हुन थालेको धेरै भएको छैन ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने
बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ ।
एक वर्ष अगावै नेपालगन्ज–गुलरिया सडक पूरा हुने
राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडकखण्ड बिस्तारको काम निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ ।
सवारी दुर्घटनामा दुईको मृत्यु
दाङको घोराहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ सर्रामा मोटरसाइकललाई बोलेरो पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
दुईसय विपन्न परिवारलाई ग्यास चुल्हो
खाना पकाउन दाउराको प्रयोग गर्दै आइरहेकोमा दाउरा पाउन समस्या हुन थालेपछि नेपालगन्ज –५ का २०० विपन्न र गरिब परिवारलाई ग्याँस चुल्हो वितरण गरिएको छ ।
सहकारीलाई नियमन गर्दै गाउँपालिका
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सहकारी संस्थालाई नियमन गर्ने भएको छ । यस गाउँपालिकाले उदेश्य विपरीत सञ्चालित र लामो समयदेखि निस्क्रिय रहेका सहकारी संस्थाहरुलाई नियमन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
रानीमहल जाने बाटो ढलान गरिँदै
पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहल जाने बाटोको ढलान कार्य तीव्र पारिएको छ । सो बाटोको वैकुण्ठभिर क्षेत्रमा ढलान गरिएको छ । यस क्षेत्रमा बाटो बिग्रिएर यात्रा गर्न जोखिमयुक्त बनेको थियो । बिग्रिएको बाटोलाई सुधार गर्न लुम्बिनी प्रदेश सरकारको लगानीमा ढलान गरिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । रानीमहलनजिकै सडकको ढलान उप्किएर खाल्डो परेको थियो भने कतिपय स्थानमा छड बाहिर निस्किएको थियो । सडक बिग्रिएका कारण सो क्षेत्रमा साना तथा ठुला सवारीसाधन गुडाउन अप्ठ्यारो रहेको थियो ।
कञ्चनपुरलाई नेत्रहीन क्रिकेट उपाधि
बाँकेको कोहलपुरमा मङ्गलबार सम्पन्न नेत्रहीन क्रिकेट प्रतियोगिता–२०८० को उपाधि कञ्चनपुरले जितेको छ । कोहलपुरमा मङ्गलबार सम्पन्न फाइनल खेलमा कञ्चनपुरले बर्दियालाई ८० रनले हराउँदै उपाधि जितेको हो ।
दाङमा स्वर्गद्वारी गुठी पीडित किसान आन्दोलित
दाङका स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । स्वर्गद्वारी आश्रमको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गा रहेको द्वैद्य स्वामित्व अन्त्य गर्दै किसानको नाममा हुनुपर्ने माग गर्दै गुठी पीडित किसानले मङ्गलबार घोराहीमा प्रदर्शन गरेका हुन् ।
बीभत्स हत्यापछि गाडिएको शवको सनाखत
जिल्लाको कपिलवस्तु नगरपालिका-४ पिपरी गाउँ नजिकैको नहरको कुलोमा बीभत्स हत्या गरेर गाडिएको शवको सनाखत भएको छ ।
नेपालगन्जमा सदभावका लागि साङ्गीतिक कार्यक्रम
फागुन २६ गते शनिबार नेपालगन्जमा ‘म्युजिक फर हार्मोनी’ (सद्भावका लागि सङ्गीत) कार्यक्रम हुने भएको छ । यो कार्यक्रमले नेपालगन्जबाट संसारलाई सद्भावको सन्देश दिने आयोजकको विश्वास छ ।
जिल्ला वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अनुमति लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार कपिलवस्तुका आठ जना वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक
पुष्पलाल चोकदेखि पूर्व राप्ती नदीसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएसँगै नेपालगन्ज-बघौडा हुलाकी सडक फराकिलो बनेको छ । सो खण्डमा हालै कालोपत्रे पनि सकिएको छ ।
स्तम्भ जोगाउन दियो सेड सारियो
लुम्बिनीमा अशोकस्तम्भलगायत पुरातात्त्विक संरचनामा नकारात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्ती (दियो सेड) परिसरलाई बाहिर सारिएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोकस्तम्भ रहेको छ । इसापूर्व २४९ मा सम्राट अशोकले स्थापना गरेको अशोकस्तम्भमा कुँदिएको शिलालेख नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणको तथ्य हो । युनेस्को, पुरातत्त्वविद्ले दिएको सुझाव अनुसार लुम्बिनी विकास कोषले अशोकस्तम्भ नजिकै बालिँदै आएको दियो सेड हटाएर बाहिर निर्माण गरिएको कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले जनाकारी दिनुभयो ।
गाडेको अवस्थामा पुरुषको शव फेला
कपिलवस्तुमा हत्या गरी गाडिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला कपिलवस्तु नगरपालिका वडा नं. ४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा शव फेला परेको हो ।
टिप्पर दुर्घटना हुँदा दुईको मृत्यु
पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१६ का २४ वर्षीय प्रदीप कुमाल र सोही स्थानका १८ वर्षीय मनिष परियार रहनुभएको छ ।
अख्तियारमा बढ्दै स्थानीय तहका उजुरी
स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीको चाङ लागेको छ ।
लाकुरेको परिवारलाई सहयोग
बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा अस्थायी रूपमा बसोबास गर्दै आउनुभएका लाकुरे दमाईको परिवारका लागि आवश्यक खाद्य सामग्री सहयोग गरिएको छ ।
युवा वर्गलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले युवा वर्गलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ ।
तौल घटाएर चामल र चिउरा बिक्री गर्दै केएल दुगड उद्योग
उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवम् पूर्वमन्त्री अब्दुल खानसहितको टोलीले बाँकेका विभिन्न उद्योगको निरीक्षण अनुगमन गरेको छ ।
कपडा बैङ्क स्थापना हुनेले दिने, नहुनेले लिने
बुटवलमा कपडा बैङ्कको स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिकाको समन्वय तथा क्लोथ एन्ड फुड बैङ्क नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैङ्कको स्थापना गरिएको हो । नायक राजेश हमाल संरक्षक रहेको क्लोथ एन्ड फुड बैङ्क नेपालले बुटवलमा कपडा सङ्कलनका लागि क्लोथ बक्सको स्थापना गरेर सुरुवात गरिएको हो । सम्झौतापछि शनिबार औपचारिक रूपमा बुटवलमा क्लोथ बैङ्क सञ्चालनमा आएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुराना कपडालाई रिफाइन गरेर पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैङ्कको स्थापना गरिएको बताउनुभयो । प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले भौतिक विकासमा मात्र नभएर मानवीय विकासका लागि बजेट खर्च गर्दै आएको चर्चा गर्नुभयो । उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका ठाउँ ठाउँमा कपडा सङ्कलन केन्द्र स्थापना गरेर पुराना कपडा जम्मा पारी त्यसलाई प्रशोधन गरेर नहुनेले प्रयोग गर्न सक्ने बताउनुभयो ।