नौमुरे परियोजनाको काम धमाधम
प्युठान र अर्घाखाँचीको साँध नौमुरेमा निर्माण हुन थालेको २८१ मेगावाट क्षमताको नौमुरे परियोजनाको काम अगाडि बढेको छ । आयोजनाको विस्तृत अध्ययन र यसको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएपछि प्रारम्भिक चरणका पूर्वाधार निर्माणमा परियोजना प्रवेश गरेको हो । सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको छ करोड ४३ लाख रुपियाँबाट काम भइरहेको छ । आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद गौतमले आयोजना क्षेत्रमा पूर्वाधार निर्माणको तयारी थालिएको जानकारी दिनुभयो ।
ट्राफिक सप्ताह अन्तर्गत चालक र सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
बाँके जिल्लामा सञ्चालन भइरहेको ट्राफिक सप्ताह अन्तर्गतका विभिन्न कार्यक्रमहरू गर्ने क्रममा विभिन्न यातायात समितिका गाडी चलाउने चालक र सह-चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्ने काम गरिएको छ ।
अस्पतालको सेवाप्रति बिरामीको गुनासो
पाल्पा अस्पतालमा उपचारका लागि आउने बिरामीले सहजै उपचार पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीले सहज रूपमा उपचार नपाएको गुनासो गरेका हुन् । अस्पतालमा कार्यरत कर्मचारीका कारण बिरामीले सास्ती बेहोर्नु परेको गुनासो बढेको छ । उपचारका लागि अस्पतालमा आउने बिरामीले समयै ल्याब रिपोर्ट नपाउने, समयमै उपचार नपाउने तथा कर्मचारीबाट राम्रो व्यवहार पाउन नसकेको गुनासो गरेका छन् । अस्पतालले दिने सेवाका बारेमा स्पष्ट जानकारी नदिँदा कतिपय बिरामीले अनावश्यक झन्झट बेहोर्नु परेको छ ।
दुग्ध पदार्थ नबिकेपछि कृषक चिन्तित
दुग्ध पदार्थ नविकेपछि कपिलवस्तुका कृषक चिन्तित बनेका छन्। व्यावसायीक रुपमा पशुपालन गर्दै आइरहेका कपिलवस्तुका किसानको विगत ६ महिनादेखि दुग्ध नविकेपछि चिन्तित बनेका हुन्।
सामाजिक न्याय, सुशासनका पक्षमा दृढतापूर्वक काम गर्नुस् : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा दृढतापूर्वक काम गर्न प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
गोरखापत्रकर्मी कार्कीलाई शाइन आर्थिक पत्रकारिता पुरस्कार
शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’ बाट गोरखापत्रका लुम्बिनी प्रदेश संयोजक भुवन कार्की पुरस्कृत हुनुभएको छ ।
बाँके राष्ट्रिय निकुञ्जबाट अवैध हातहतियार बरामद
चोरी सिकारीमा प्रयोग भएको दुई थान अवैध बन्दुकसहितको हातहतियार बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रबाट सुरक्षाकर्मीको टोलीले बरामद गरेको छ।
कृषकलाई गुणस्तरीय बिरुवा उत्पादनसम्बन्धी तालिम
गुल्मीमा नर्सरी उत्पादन कृषकहरुलाई गुणस्तर बिरुवा उत्पादनसम्बन्धी तालिम प्रदान गरिएको छ ।
मुसिकोट र सिर्सेनीलाई अध्यक्ष कपको उपाधि
गुल्मीको मदाने गाउँपालिकाद्वारा आयोजित दोस्रो अध्यक्ष कप भलिबलको उपाधि पुरुषतर्फ मुसिकोट नगरपालिका र महिलातर्फ मदाने गाउँपालिकाको वडा नम्बर–३, सिर्सेनीले जितेको छ ।
सडकमै सुतेर मोही किसानद्वारा विरोध प्रदर्शन
स्वर्गद्वारी आश्रमको जग्गामा मोही अधिकार कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलनरत किसानले घोराहीको मुख्यचोकमा सडकमै सुतेर विरोध जनाएका छन् ।
बाँकेमा एक लाखभन्दा बढी बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठका अनुसार यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुने र सो अभियान अन्तर्गत बाँकेका आठवटै पालिकामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य छ ।
कार्य सम्पादनमा अब्बल बन्दै तीन स्थानीय तह
आर्थिक वर्ष २०७९-०८० को कार्यसम्पादन मूल्याङ्कनमा मालिका गाउँपालिका देशभरका ४६० गाउँपालिकामध्ये पहिलो भएको छ ।
सिमेन्ट र क्लिङ्कर निर्यातमा उच्च वृद्धि
दुई वर्षयता रुपन्देहीको बेलहिया नाका हुँदै अर्घाखाँची, शुभश्री, जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारत निकासी हुँदै आएको छ ।
सरकारले धेरै राम्रा कामहरू गरेको छ: गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सानो समयमा पनि देश र जनताका लागि उदाहरणीय कामहरू गर्दै अगाडी बढेको बताउनुभएको छ ।
नेपालगन्जमा कृत्रिम गर्भधारण सेवा
एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ ।
तीन वर्षपछि निर्माण हुँदै अस्पताल
घोराही उपमहानगरपालिका–४ को भकारेमा शिलान्यास भएर लामो समय अलपत्र परेको ‘लक्ष्मीपुर अस्पताल’ निर्माणको काम अघि बढेको छ । दुई वर्षभित्र निर्माण सक्ने गरी २०७७ साल मङ्सिर १३ गते शिलान्यास भएको १५ शøयाको ‘लक्ष्मीपुर अस्पताल’ तीन वर्षपछि निर्माणको काम अघि बढेको हो ।
सन्धिखर्क नगरपालिका कार्य सम्पादनमा उत्कृष्ट
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशका ७५३ पालिकामध्ये उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क नगरपालिका नेपालकै उत्कृष्ट भएको हो ।
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सुरक्षा र एकतालाई बलियो बनाएर सुशासन कायम गर्नु सरकारको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।
अटो चालकलाई 'लाइट रिफ्लेक्टर' ज्याकेट सहयोग
कपिलवस्तुको विजयनगर गाउँपालिका ७ वडा कार्यालयले अटो रिक्सा चालक लाइट रिफ्लेक्टर ज्याकेट सहयोग गरेको छ ।
सन्धिखर्क देशभरकै सात सय ५३ पालिकामा प्रथम
कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क प्रथम भएको हो ।
'ट्राफिक व्यवस्थामा हातेमालो गर्न जरुरी छ'
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सबै पक्षबीच सहकार्य जरुरी भएको बताउनुभएको छ ।
दुर्घटना न्यूनीकरणमा सबै सरोकारवाला गम्भीर बन्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनामा धेरैको ज्यान जाने गरेको जानकारी दिनुहुँदै दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
नयाँ बसपार्क निर्माणमा ढिलाइ
जिल्ला सदरमुकाम तानसेनको नयाँ बसपार्क निर्माणमा ढिलाइ भएको छ । १० महिनाअघि तानसेनस्थित वनदेवीमा बसपार्क बनाउन सुरु गरिए पनि निर्माणको कामले गति लिन सकेको छैन । नगर विकास कोषको ७० प्रतिशत ऋण सहयोग र नगरपालिकाको ३० प्रतिशत आफ्नै स्रोतमा वनदेवीमा नयाँ बसपार्क बनाउन सुरु गरिए पनि काममा ढिलाइ भएको छ । नयाँ बसपार्क निर्माणका लागि १८ करोड ३२ लाखमा ठेक्का सम्झौता भएको छ ।
अर्गानिक तरकारी बिक्री केन्द्र सञ्चालन
नेपालगन्जका उपभोक्तालाई स्थानीय किसानले उत्पादन गरेको विषादी नहालेको अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले यहाँ प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । नेपालगन्ज र सो वरिपरिका किसानले उत्पादन गरेका अर्गानिक तरकारी सङ्कलन तथा बिक्री गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका–२०, राँझामा प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष कौशलकुमार धोबीले बताउनुभयो ।