• १२ साउन २०८१, शनिबार

अटो चालकलाई 'लाइट रिफ्लेक्टर' ज्याकेट सहयोग

blog

अटो चालकलाई रिफ्लेक्टर ज्याकेट वितरण गर्दै विजयनगर गाउँपालिका-७ नम्बर वडा कार्यालय । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, फागुन १० गते । कपिलवस्तुको विजयनगर गाउँपालिका ७ वडा कार्यालयले अटो रिक्सा चालक लाइट रिफ्लेक्टर ज्याकेट सहयोग गरेको छ । वडा कार्यालयको योजना अनुसार पालिकामा सञ्चालन भएका अटो तथा ट्याम्पो चालकलाई सवारी दुर्घटना न्यूनीकरणको लागि प्रशिक्षण र सामाग्री सहयोग गरिएको वडा अध्यक्ष दिनेश चौधरीले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले ट्राफिक नियम पालन गर्नका सवारी चलाउँदा हुने लापरबाहीलाई निरुत्साहन गर्नका लागि पालिकाले जोड दिएको बताउनुभयो । यसैगरी वडा कार्यालयले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, वडाभित्रका कर्मचारीलाई विभिन्न सामग्री सहयोग गरेको छ । स्वयंसेविकाले गरेको योगदानको उच्च कदर गर्दै मोबाइल फोन सहयोग गरिएको ७ नम्बर वडाका अध्यक्ष दिनेश कुमार चौधरीले बताउनुभयो । 

जिल्ला ट्राफिक प्रहरी गोरुसिङ्गेले अटो तथा ट्याम्पोबाट हुन सक्ने दुर्घटनाको जोखिम न्यूनीकरणको लागि सचेतना कक्षा सञ्चालन गरिएको थियो । पछिल्लो समय ग्रामीण क्षेत्रमा अटो, ट्याम्पो तथा ई–रिक्सा सञ्चालन हुँदा दुर्घटना दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक अनिस भण्डारीले बताउनुभयो । जिल्लामा चालु आर्थिक वर्षमा छ अटो दुर्घटना हुँदा २ जनाको मृत्यु र ६ जना घाइते भएको कार्यालयले जनाएको छ ।