काम्लो बुन्दै जयमाया बुढा
दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित डेराको घरमा घरेलु तानमा भेंडाको ऊनको काम्लो बुन्दै ६५ वर्षीया जयमाया बुढा ।
गोली प्रहार गरी महिला प्रहरीको हत्या
दाङमा गोली प्रहारबाट एक जना महिला प्रहरीको हत्या गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापालाई उहाँका श्रीमान यमबहादुर झाक्री मगरले गोली प्रहार गरेर हत्या गरेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
भूमि आयोग र डुडुवा गाउँपालिकाबिच सम्झौता
राष्ट्रिय भूमि आयोग र बाँकेको डुडुवा गाउँपालिकाबिच भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि बिहीबार सम्झौता गरेको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा एनजीओग्राम सेवा
लुम्बिनी प्रादेशिक अस्पतालले बुधाबारदेखि एनजीओग्राम सेवा सुरु गरेको छ । उक्त सेवा सञ्चालन भएपछि लुम्बिनी प्रदेश र आसपासका जनता लाभान्वित भएका छन् । एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकएज’परीक्षण गर्ने विधि हो ।
दुर्घटनाका घाइते भन्छन् : पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो
“राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठुलो आवाज आयो”, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाउनुभयो ।
नेपालगन्ज–जनकपुर हवाई भाडा तय
मधेश प्रदेशको राजधानी जनकपुर र लुम्बिनी प्रदेशको प्रमुख सहर नेपालगन्जलाई जोड्ने उद्देश्यले सुरु गर्न लागिएको प्रवर्द्धनात्मक हवाई उडानको नयाँ भाडा निर्धारण गरिएको छ ।
‘ज्ञानीसँग हाम्रा नानी’ शृङ्खला सम्पन्न
गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई अध्ययनमा सक्रिय बनाउन सञ्चालन गरेको ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमको आज सयौँ शृङ्खलाको कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दु र मुस्लिमको आस्थाको केन्द्र बन्दै मुसबेटवा बाबा मजार
बाँकेको खजुरा गाउँपालिका-४ स्थित मुसबेटवा बाबा मजार हिन्दु र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र बन्दै गएको छ ।
गोरु तस्करीमा संलग्न तीन पक्राउ
गोरु तस्करीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तिनाउ गाउँपालिका –३, स्थित बेलबास–दोभान सडक हुँदै सिद्धार्थ राजमार्गमा चेकजाँचको क्रममा प्रहरीले १८ वटा गोरुसहित तीन जनालाई पक्राउ गरेको हो ।
राजनीतिमा जीवन बित्यो, रोगले च्याप्दा न त घरवास न अन्नपात
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा अस्थायी रुपमा बसोबास गर्दै आउनुभएका लाकुरे दमाईको जीवनको उर्जाशिल समय बर्गिय मुक्ती आन्दोलन र समाज परिवर्तनको अभियानमा बित्यो ।
महिलालाई उद्यमी बनाउन राष्ट्रिय सम्मेलन
उद्यमशीलतामा महिला सहभागिता बढाउने लक्ष्यसहित भैरहवामा हुन लागेको ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन’ को तयारी पूरा भएको छ । ‘महिलालाई लगानी, घर–घरमा उद्यमी’ नाराका साथ भैरहवामा शुक्रबारदेखि दुई दिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन’ हुन लागेको हो ।
बाँकेमा निरन्तर बजार अनुगमन जारी
बाँकेका विभिन्न स्थानका नागरिकहरुबाट प्राप्त गुनासो सम्बोधन गर्दै बजार अनुगमनलाई नियमित र निरन्तर जारी राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
कपिलवस्तुमा बस दुर्घटना : मृतक १० जनाकै सनाखत
कपिलवस्तुको शिवराज नगरापलिका–१ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ ।
दुई महिनादेखि अँध्यारो
रुपन्देहीको ऐतिहासिक तथा धार्मिक स्थल मलमला मन्दिर यस क्षेत्रका हजारौँ भक्तजनको आस्थाको केन्द्र हो । मलमला मन्दिरमा दैनिक दर्जनौँ दर्शनार्थी पूजापाठका लागि पुग्ने गर्दछन् तर यही मन्दिरमा विगत दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । बस्तीदेखि टाढा र चुरे पहाडको माथि जङ्गलमा मन्दिर रहेकाले बिहान र साँझ दर्शन गर्न पुग्ने भक्तजनले विद्युत् नहुँदा असुरक्षित महसुस गर्नु परेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–६ मा रहेको मन्दिर क्षेत्रमा अवरुद्ध भएको बिजुली जोड्नेतर्फ मलमला एकीकृत सामुदायिक विकास केन्द्रले कुनै चासो दिएको छैन । उक्त क्षेत्रमा गत मङ्सिर २५ गते विद्युत् सर्ट भएयता बिजुली बलेको छैन ।
दश मृतकमध्ये तीनको सनाखत, ३० घाइतेको पहिचान खुल्यो
कपिलवस्तुस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका १ सुरही खोलामा बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मृत्यु हुने १० जनामध्ये तीन जनाको सनाखत भएको छ । साथै घाइते ३० जनाको पहिचान खुलेको छ ।
कपिलवस्तु बस दुर्घटनामा १० जनाको मृत्यु, २० घाइते
कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
स्कारपियोको ठक्करबाट दिदीबहिनीको मृत्यु
दाङको देउखुरीमा स्कारपियोको ठक्करबाट एकैघरका दिदी बहिनीको मृत्यु भएको छ । स्कारपियोले ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ बर्षीया राधा बस्नेत र उहाँकी बहिनी १६ बर्षीया विपना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एंव प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।
सुदूरपश्चिम र कोहलपुर मेयर ११ फाइनलमा
सुशील कोइराला मेमोरियल यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर–११ पुगेका छन् ।
सिकलसेल औषधीलाई ‘सुबिधा थैली’मा समेट्न आग्रह
लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ ।
चोकमा हाइमास्ट लाइट जडान हुने
बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोक र चौराहामा उच्च क्षमताका हाइमास्ट लाइट जडान गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव हुने
दाङमा पर्यटन प्रवर्धनका लागि अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव –२०८० हुनेभएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक महोत्सव आयोजना गर्न थालिएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ ।
तिलौराकोटको उत्खननमा भेटियो यू आकारको बौद्ध मन्दिर
प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटको उत्खननमा यू आकारको बौद्ध मन्दिरको भग्नावशेष फेला परेको छ ।
धार्मिक र सामाजिक सद्भावको मेला सुरु
हिन्दु र मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार मेला बुधबारदेखि सुरु भएको छ ।
कोहलपुर मेयर ११ फाइनलमा
कोहलपुर मेयर ११ को टोली सुशील कोइराला मेमोरियल यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।