• १९ असार २०८२, बिहिबार

संविधानसभा सदस्य यादवको निधन

blog

संविधानसभा सदस्य स्व. रामअयोध्या यादव

बारा, असार १८ गते । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित उहाँको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा बुधबार बिहान मृत्यु भएको उहाँका छोरा डा. जितेन्द्र यादवले राससलाई जानकारी दिनुभयो ।

बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।  उहाँका दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ । रासस