फरार प्रतिवादी भटाभट पक्राउ
इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जनाएको छ ।
महिला यू–१९ राष्ट्रिय क्रिकेटमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी
बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी भएका छन् ।
जिभिएन स्कुललाई दुई वर्ष खेलमा प्रतिबन्ध लगाइने
बाँके जिल्ला फुटबल सङ्घले जिभिएन स्कुललाई दुई वर्षको लागि खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बाँके जिल्ला फुटबल सङ्घको शनिबार बसेको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरीतको क्रियाकलाप गरेको भन्दै दुई वर्ष र १० हजार जरिवाना गर्ने निर्णय गरेको हो ।
सेनामा भर्ती गराउने नाममा चार लाख ठगी
नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
नयाँगाउँमा नयाँ प्रहरी चौकी भवन
गुल्मीको धुर्कोट गाउँपालिका-१ नयाँगाउँमा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्ने मुख्यमन्त्रीको दावी
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको छैठौँ प्रदेशसभामा मुख्यमन्त्री चौधरीले नीजि क्षेत्रले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पु¥याउन कार्यमा सहयोग गर्न समेत आग्रह गर्नुभयो।
कृषि तथा पर्यटन प्रवर्द्धनका लागि महोत्सव हुँदै
पाल्पाको तानसेन नगरपालिकाले कृषि तथा पर्यटन प्रवर्द्धनका लागि फागुन १८ गतेदेखि २८ गतेसम्म कृषि तथा पर्यटन महोत्सव २०८० आयोजना गर्ने भएको छ ।
विद्यार्थीलाई आयुर्वेद औषधी र योग शिक्षाबारे जानकारी
बाँकेका केही सामुदायिक विद्यालयका विद्यार्थीलाई सानै उमेरदेखि आयुर्वेद औषधी र योग शिक्षाका बारेमा जानकारी गराउन थालिएको छ ।
भत्केको पाँच दशकपछि पुल निर्माण सुरु
बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरि र बि गाउँ जोड्ने गडगैँचा (पेडारी) नालामा पुल भत्किएको करिब पाँच दशकपछि नयाँ पुल निर्माण सुरु भएको छ ।
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
रुपन्देहीको तिलोत्तमामा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । सेवा प्रवाहलाई थप गतिशील बनाउन र स्वास्थ्य सेवामा पहुँच बढाउन करिब दुई लाखको लागतमा तिलोत्तमा वडा–५ का ९ जना स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको हो ।
नेपालगन्ज-जनकपुर उडानका लागि हवाई कम्पनीसँग आग्रह
पश्चिम नेपालबाट पूर्वको जनकपुरमा रहेको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न जाने यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज–जनकपुर हवाई उडानको पहल सुरु गरिएको छ ।
बाँके प्रशासनद्वारा बजार अनुगमन
जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समयमा बजार अनुगमनलाई तिब्रता दिएको छ ।
सन्न्यास लिएको ३० महिनापछि क्रिकेट खेल्दै पारस
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलबाट सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्न लाग्नुभएको छ ।
एउटै स्टेजमा तीन पुस्ताका खेलाडी सम्मानित
विभिन्न कालखण्डमा नेपालको शारीरिक सुगठन तथा फिटनेसको क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दैं पुर्व खेलाडीहरुलाई नेपालगन्जमा सम्मान गरिएको छ ।
धार्मिक पर्यटकको गन्तव्य बन्दै ‘पन्नहवादेवी मन्दिर’
बाँकेको नरैनापुर गाउँपालिका –१ मा पर्ने कटकुइँया नजिक रहेको ‘पन्नहवादेवी समय माता मन्दिर’ ले प्रचुर मात्रामा धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको छ ।
९० प्रतिशतले खान थाले आयोडिन नुन
पश्चिम नेपालका हिमाली र पहाडी जिल्लामा समेत आयोडिनयुक्त नुनको सेवन गर्नेहरु बढ्दै गएको छ। आयोजिन नुन खानेको संख्या ९० प्रतिशत पुगेको नेपालगन्जमा आयोजित एक कार्यक्रममा जनाइएको छ।
बेवारिसे सवारीसाधनको लिलामी प्रक्रिया सुरु
जिल्ला प्रहरी कार्यालय बाँकेले लामो समयपछि बेवारिसे सवारी साधनहरुको लिलामी प्रक्रिया अगाडी बढाएको छ ।
घरदैलोमै सेवा पाएपछि ज्येष्ठ नागरिकमा उत्साह
बुटवल उपमहानगरपालिकाको ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रमले ज्येष्ठ नागरिकमा उत्साह छाएको छ ।
भ्यू–टावर सर्वसाधारणका लागि खुला
बाँकेको कोहलपुरमा निर्माण गरिएको भ्यू–टावर शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । कोहलपुरको गोलपार्कमा निर्माण गरिएको भ्यू–टावर परीक्षणकालका लागि नगरपालिका आफैले सञ्चालन गर्नेगरी सर्वसाधारणका लागि खुला गरिएको हो ।
कुटपिट गर्ने वडाध्यक्षलाई कारवाही गर्न माग
खजुरा गाउँपालिका –५ का वडाध्यक्षले प्राविधिक कर्मचारीलाई कुटपिट गरेको भन्दै कर्मचारीका चार संगठनले कारवाहीको माग गरेका छन् ।
पाँच पालिकामा कोरोनाविरुद्धको खोप अभियान
कपिलवस्तुमा कोरोनाविरुद्धको खोप अभियान पुनः सञ्चालन गरिने भएको छ ।
प्रतिवादी आठ वर्षपछि पक्राउ
सामूहिक बलात्कार गरी भिडियो सार्वजनिक गर्ने एक युवक आठ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका –१ पकडीका ४३ वर्षीय धर्मेन्द्र केवटलाई पकाउ गरेको जनाएको छ ।
१७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने
पाल्पाका १७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी गरिएको छ । पाँच वर्षमुनिका करिब १७ हजार ८४५ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने तयारी गरिएको हो ।
बालविवाह रोक्न ‘छोरी सुनौलो भविष्य कार्यक्रम’
पश्चिम नवलपरासीमा बालविवाह रोक्न चुनौती नै बनेको छ । लुम्बिनी प्रदेशभर देखिएको तथ्याङ्कअनुसार पश्चिम नवलपरासीमा बाल विवाह रोक्न चुनौती रहेको छ ।