नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्य अन्तिम चरणमा
नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनीले लाइट जडान कार्यलाई तिव्रता दिएपछि नेपालगन्जको सडकमा अब छिट्टै ट्राफिक लाइट बल्ने भएको हो ।
मेयर कप फुटबल : सेन्ट जेभियर्स र मोडेल एकेडेमी च्याम्पियन
नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्र) र नेपालगन्ज मोडेल एकेडेमी (छात्रा)मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
वितरण गरिँदै पैँतीस हजार पुर्जा
रुपन्देही जिल्लामा ३५ हजार जग्गाधनी पुर्जा वितरणका लागि तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय भूमि आयोग रुपन्देहीले जिल्लामा एक लाख २० हजार अव्यवस्थित र सुकुमवासी परिवार रहेको जनाएको छ । भूमि आयोग रुपन्देहीले जिल्लामा जग्गा नापजाँचको काम गर्दै आएको र त्यसक्रममा ३५ हजार जग्गाधनी पुर्जा वितरणका लागि तयारी अवस्थामा रहेको जनाएको हो । आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जिल्लाका केही पालिकामा सुकुमवासी र अव्यवस्थित बसोबासी गरी करिब पाँच हजार घरपरिवारलाई लालपुर्जा वितरण गरिसकेको बताउनुभयो ।
कबुलियती वनबाट स्थानीयलाई फाइदा
कबुलियती वनले स्थानीयवासीलाई आम्दानीसँगै पर्यटकलाई आकर्षित गरेको छ । जिल्लाको निस्दीस्थित काउलेडाँडाको २५० हेक्टर क्षेत्रफलमा लगाइएको कबुलियती वनले स्थानीय बासिन्दालाई आम्दानी दिएको छ भने आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको हो । यहाँको वनभित्र लगाइएको अम्रिसोबाट स्थानीय बासिन्दाले वार्षिक तीन करोड रुपियाँभन्दा बढी आम्दानी लिन सफल भएका छन् । स्थानीय बासिन्दाले खोरियाका रूपमा प्रयोग गरेको नाङ्गो डाँडा १० वर्षअघि कबुलियती वन बनाएर नेपाल सरकारले ४० वर्षका लागि हस्तान्तरण गरेपछि यसले आम्दानी दिन थालेको स्थानीय बासिन्दा दमन पाटामगरले बताउनुभयो ।
द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’
दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ ।
भन्सार छली ल्याएका खसीसहित दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छली अवैधरुपमा नेपाल ल्याउँदैगरेका अवैध खसीबाख्रा बरामद गरेको छ । प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल ल्याइएका पाँचवटा खसीबाख्रा बुधवार नेपालगन्जबाट बरामद गरेको हो ।
उपलब्धि संस्थागत गर्ने बेलामा धोका भयो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आन्दोलन संस्थागत गर्ने बेलामा धोका भएका कारण उपलब्धि संस्थागत हुन नसकेको बताउनुभएको छ ।
पुनर्स्थापित हुँदै हात्तीपाइले र कुष्ठ रोगी
रोगीलाई लक्षित गरी हेरचार समूह निर्माण गरिएपछि कपिलवस्तुका कुष्ठ रोगी र हात्तीपाइले भएकाहरू लाभान्वित भएका छन् । समुदायमा रोग सर्न नदिन स्वास्थ्य कार्यालय कपिलवस्तुले रोगीलाई लक्षित गरी समूह निर्माण गरेको हो ।
बालसुधार गृहका बालबन्दीलाई कम्बल वितरण
गत एक महिनादेखि अत्यधिक बढेको चिसोका कारण बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा रहेका बालबिज्याइकर्ता (बालबन्दी) हरुलाई समस्या परेपछि ५० थान कम्बल वितरण गरिएको छ ।
भेरी अस्पतालमा एमआरआई मेसिन सञ्चालन गर्ने निर्णय
नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिले पूर्णता पाएलगत्तै बसेको समितिको पहिलो बैठकले अस्पतालमा आइपुगेको करिब २४ करोडको अत्याधुनिक एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
राजस्व लक्ष्य भेट्ने काम गर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएको छ। बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘‘राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहोस्।’’
सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान
बाँकेमा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ । बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर तथा व्यवसायीहरूसँगको सहकार्यमा जिल्लाभर जागरण अभियान सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
कुटपिटबाट युवकको मृत्यु
बाँकेको जानकी गाउँपालिकामा स्थानीयको कुटपिटबाट एक २० वर्षीय युवकको मृत्यु भएको छ ।
न्यू दर्पण क्लबलाई डाँफे कपको उपाधि
बाँकेको खजुरा गाउँपालिका–४ ईगाउँस्थित न्यू दर्पण युवा स्पोर्टस् क्लबले पहिलो पटक डाँफे कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
नौ जना नोबेल शान्ति पुरस्कार विजेता फागुनमा लुम्बिनी आउने
विश्वको सर्वोच्च पुरस्कार नोबेल शान्ति पुरस्कारबाट विजेता नौ जना एकैपटक लुम्बिनी आउने भएका छन् । बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ गर्ने भएको छ ।
शिक्षा सुधारका लागि विशेष रणनीति कार्यान्वयन गर्दै डुडुवा
बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ । पालिकाले यस वर्ष शिक्षाको गुणस्तरीयतासँगै विकासका लागि रणनीति अनुसारको कार्ययोजना अघि सारेको जनाएको छ ।
गुल्मीमा १४ वटा झोलुङ्गे पुल निर्माणाधीन
गुल्मीमा १४ वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । सस्पेन्सन बृज डिभिजन कार्यालय, सडक पूर्वाधार विकास कार्यालय र सिर्जनशील सामुदायिक विकास केन्द्रले हेर्ने गरी जिल्लाका विभिन्न स्थानमा १४ वटा झोलुङ्गे पुलको निर्माण कार्य भइरहेको छ ।
घर घरमा खानेपानी
बङ्गलाचुली गाउँपालिका–३, लेकतापा निवासी ३० वर्षीय गमला पुनलाई खानेपानी भर्न बिहान ४ बजे उठ्नुपर्ने बाध्यता हटेको छ । गाउँमा खानेपानी आयोजना निर्माणसँगै घर घरमा धारा आएपछि वर्षौँदेखिको खानेपानी समस्या हटेको पुन बताउनुहुन्छ । एक छोरा र दुई छोरीसहित परिवारको जिम्मेवारी सम्हाल्दै आउनुभएकी पुनलाई खानेपानीको धारा आएपछि स्थानीय सरकार घरमै आएको अनुभूति मिलेको छ । “श्रीमान् कमाउन इन्डियामा हुनुहुन्छ, घरमा छोराछोरी सानै छन् । त्यही भएकाले घरको सम्पूर्ण काम म आफैँले गर्नुपर्ने बाध्यता छ । अँध्यारोमै उठेर खानेपानी ल्याउन खोला जानुपर्ने बाध्यता थियो तर अहिले हट्यो,” उहाँले भन्नुभयो ।
अर्थतन्त्रका सूचकमा सुधार आएको छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताउनुभएको छ। कपिलवस्तु उद्योग वाणिज्य सङ्घको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै महतले अर्थतन्त्रका धेरै सूचांकमा सकारात्मक परिवर्तन आएको दाबी गर्नुभएको हो।
आलु भित्र लुकाएर लागूऔषध तस्करी
सुरक्षाकर्मीलाई झुक्याउन नयाँ नयाँ तरिकाको प्रयोग गरेर यहाँस्थित नेपाल भारत नाका जमुनाहा नाकाबाट तस्करले लागूऔषध ब्राउन सुगर भित्र्याउने काम गर्दै आएका छन्।
भ्रष्टाचारलाई पार्टीको कारबाहीको विषय बनाउन माओवादी केन्द्र दाङको सुझाव
नेकपा माओवादी केन्द्र दाङले भ्रष्टाचार लगायतका जघन्य अपराधलाई पार्टीको पनि कारबाहीको विषय बनाउनुपर्ने सुझाव दिएको छ ।
दुर्घटनामा परी मृत्यु भएका प्रहरीको परिवारलाई आर्थिक सहयोग
जिल्ला प्रहरी कार्यालय बाँकेले सडक दुर्घटनामा परी मृत्यु भएका प्रहरीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
मेयर कप फुटबल फाइनल बुधबार
नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । फाइनल खेलको तयारी पूरा भएको आयोजक बाँके जिल्ला फुटबल सङ्घले जनाएको छ ।
कांग्रेसमा पुस्तान्तरण आवश्यक : कांग्रेस नेता कोइराला
नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री शशाङ्क कोइरालाले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यक रहेको बताउनुभएको छ।