• १४ असार २०८१, शुक्रबार

'रुरुक्षेत्र' पुस्तक विमोचन

blog

रमेश विश्वकर्मा

गुल्मी, माघ २५ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक विमोचन गरेको छ। गाउँपालिकाद्वारा आयोजित एक औपचारिक कार्यक्रमबिच गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, जनबोध माध्यमिक विद्यालयको कक्षा-१ मा अध्ययनरत विद्यार्थी अनिसा कुँवरले ‘रुरुक्षेत्र’ पाठ्यपुस्तक विमोचन गर्नुभएको हो।

कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक विमोचन गरिएको हो । विद्यार्थीलाई यस स्थानीय तहमा भएका सम्पदा, रीतिरिवाज, चालचलन, धर्म-संस्कृति र इतिहासको बारेमा जानकारी प्राप्त हुने गरी ‘रुरुक्षेत्र’ पाठ्यपुस्तक तयार गरिएको छ। विद्यार्थीले यहाँको रुरुक्षेत्र, शालिग्राम, ऋष्यशृङ्ग, बम्घा, लेख, कृषि र पशुपालनसमेत पढ्न पाउने भएका छन्।

त्यस अवसरमा गाउँपालिका यदु अध्यक्ष ज्ञवालीले पाठ्यपुस्तकले यहाँको शिक्षा र शिक्षण सिकाइ क्रियाकलापमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो। उपाध्यक्ष मिनादेवी गौतमले यस पाठ्यपुस्तकले विद्यार्थीको शिक्षण सिकाइमा प्रभावकारी भूमिका खेल्ने बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले अहिले सीमित सङ्ख्यामा छपाइ गरिएको र यसमा केही त्रुटि भएका रहेछन् भने सच्याएर दोस्रो संस्करण छपाइ गरिने बताउनुभयो। पाठ्यपुस्तक तयार समिति संयोजक रमेशप्रसाद ज्ञवालीले पाठ्यपुस्तकको बारेमा जानकारी गराउनुभयो।