• ४ असार २०८२, बुधबार

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

blog

१. मानव विकास प्रतिवेदन, २०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ? 

१४५ औँ

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) ले सन् २०२५ जुन १० मा सार्वजनिक गरेको सो प्रतिवेदन अनुसार नेपाल ०.६२२ सूचकाङ्कसहित १४५ औँ स्थानमा रहेको । 

पछिल्लो ३५ वर्षमा नेपालको मानव विकास सूचकाङ्कमा ५४ प्रतिशतको वृद्धि भएको पनि प्रतिवेदनमा उल्लेख रहेको । 

मानव विकास सूचकाङ्कमा नेपाल मध्यम खालको मानव विकास भएका मुलुकको सूचीमा रहेको ।


२. अन्तर्राष्ट्रिय स्तरको ‘आइरिस’ प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो मेनपावर कम्पनी कुन हो ? 

आइएमआर (इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट) 

वैदेशिक रोजगारी क्षेत्रमा पारदर्शिता, न्यायोचित प्रक्रिया र श्रमिक अधिकारको संरक्षण सुनिश्चित गरेको 

भन्दै आइएमआरलाई अन्तर्राष्ट्रिय भर्ना एकीकृत प्रणाली (आइरिस) को प्रमाणपत्र प्रदान (२०८२ जेठ २६) गरिएको । 

आइरिसका अनुसार हालसम्म यो प्रमाणपत्र पाउने ५ वटा (नेपाल, सिङ्गापुर, पोल्यान्ड, केन्या, मेक्सिकोका एक–एक) मात्रै मेनपावर कम्पनी रहेका । 

३. इजरायल र इरानबिच युद्धको सुरुवात कहिले भएको हो ?

सन् २०२५ जुन १३

जुन १३ मा इजरायलले इरानका आणविक केन्द्र र शीर्ष सैन्य अधिकारी लक्षित गर्दै अचानक आक्रमण सुरु गरेपछि दुई देशबिच लडाइँ सुरु भएको । 

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले इजरायलले आक्रमण जारी राखे आफ्ना आक्रमण थप बढाउने चेतावनी दिएको । 

४. विसं २०८२ असार १ मा सात वटै प्रदेशद्वारा आव २०८२/८३ का लागि कुल कति राशिको बजेट प्रस्तुत गरियो ?

रु. दुई खर्ब ८७ अर्ब ७० करोड 

सातै प्रदेशको बजेट (२०८२/८३) : सङ्क्षिप्त झलक 

बागमती प्रदेश :

कुल बजेट : रु. ६७ अर्ब ४७ करोड ७३ लाख 

चालुतर्फ : रु. २६ अर्ब चार करोड ४७ लाख (३८.६०५)

पुँजीगत तर्फ : रु. ४१ अर्ब ४३ करोड २६ लाख (६१.४०५)

कोशी 

कुल बजेट : ३५ अर्र्ब ८७ करोड ९९ लाख 

चालु : १८ अर्ब ६७ करोड ३३ लाख (५२.०४ प्रतिशत)

पुँजीगततर्फ : १७ अर्व १० करोड ६५ लाख (४७.६८ प्रतिशत)

वित्तीय व्यवस्थातर्फ : रु. १० करोड (०.२८ प्रतिशत)

मधेश

कुल बजेट : ४६ अर्ब ९८ करोड ३३ लाख

चालुतर्फ : १६ अर्ब ७२ करोड पाँच लाख (३५.५९ प्रतिशत)

पुँजीगततर्फ : ३० अर्ब २६ करोड २८ लाख (६४.४१ प्रतिशत)

गण्डकी

कुल बजेट : रु. ३१ अर्ब ९७ करोड ९९ लाख 

चालुतर्फ : रु. १२ अर्व ६३ करोड ६६ लाख (३९.५२ प्रतिशत)

पुँजीगततर्फ : रु. १९ अर्ब नौ करोड ३३ लाख (५९.७१ प्रतिशत)

वित्तीय व्यवस्थातर्फ : रु. २५ करोड (०.७८ प्रतिशत)

लुम्बिनी

कुल बजेट : रु. ३८ अर्ब ९१ करोड

चालुतर्फ : रु. १२ अर्ब एक करोड ४७ लाख (३०.८८ प्रतिशत)

पुँजीगततर्फ : रु. २३ अर्ब ४७ करोड १४ लाख (६०.३२ प्रतिशत)

वित्तीय व्यवस्थातर्फ : रु. तीन अर्ब ४२ करोड ३७ लाख

(८.८०प्रतिशत)

कर्णाली 

कुल बजेट : रु. ३२ अर्ब ९९ करोड ६६ लाख 

चालुतर्फ : रु. सात अर्ब ७९ करोड ९१ लाख (२३.६३ प्रतिशत)

पुँजीगततर्फ : रु. १९ अर्ब ९८ करोड २९ लाख (६०.५६ प्रतिशत)

वित्तीय व्यवस्थातर्फ : रु. ६१ करोड ५० लाख (१.८६ प्रतिशत)

वित्तीय हस्तान्तरण : रु. चार अर्ब ५९ करोड ९८ लाख (१३.९४ प्रतिशत)

सुदूरपश्चिम

–कुल बजेट : रु. ३३ अर्ब ४७ करोड ६० लाख 

–चालुतर्फ : रु. १० अर्ब २० करोड ८१ लाख (३०.४९ प्रतिशत)

–पुँजीगततर्फ : १९ अर्ब ८३ करोड दुई लाख (५९.२४ प्रतिशत)

–वित्तीय व्यवस्थातर्फ : रु. एक करोड (०.०३ प्रतिशत) 

–वित्तीय हस्तान्तरण : रु. तीन अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत)

५. हालै (विसं २०८२ जेठ) आइएसओ २१००१ गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल विद्यालय कुन हो ? 

नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय (धादिङ)

आइएसओ २१००१ गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने सो विद्यालय नेपालको दोस्रो सामुदायिक विद्यालय बनेको । 

६. भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ? 

२७० मेगावाट 

जाजरकोटको नलगाढ नगरपालिका र रुकुम पश्चिमको आठविसकोट नगरपालिका बिच रहेको भेरी नदीमा सो जलविद्युत् आयोजना निर्माण हुने भएको । 

निर्माण सम्पन्न अवधि : पाँच वर्ष । 

लागत अनुमान : रु. ४६ अर्ब 

उक्त आयोजना स्थलमा पुग्न मुख्य बाटोबाट ११ किलोमिटरको सहायक बाटो निर्माण गर्नुपर्ने जनाइएको । 

नदीमा तीन वटा बेलिब्रिजसमेत निर्माण गर्नुपर्ने भएको । 

७. नेपाल राष्ट्र बैङ्कले विसं २०८२ जेठ २७ मा सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत वैशाखमा मुद्रास्फीति कतिमा झरेको छ ?

२.७७ प्रतिशत 

आर्थिक गतिविधि शिथिल हुँदा उपभोक्ता मूल्य वृद्धिदर पाँच वर्ष पछि कै न्यून विन्दुमा झरेको । 

राष्ट्र बैङ्कका अनुसार २०७७ माघमा उपभोक्ता मूल्य वृद्धिदर २.७७ प्रतिशतमा झरेको थियो । कोभिड–१९ को महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा बजारमा वस्तु तथा सेवाको माग घटेपछि मुद्रास्फीति न्यून विन्दुमा झरेको थियो । 

८. आमाको नामबाट मात्र पनि नागरिकता दिइने विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट कहिले पारित भएको हो ? 

विसं २०८२ जेठ २७

९. धिमाल युवा प्रतिभा पुरस्कार २०८२ कसलाई प्रदान गरियो ? 

डा. सजना धिमाल 

धिमाल समुदायबाट पहिलो चिकित्सक बन्न सफल डा. सजनालाई सो पुरस्कारबाट सम्मान गरिएको । 

हरेक वर्ष असार २ गते सिरिजात पर्व समापनका अवसरमा सो पुरस्कारबाट एक जना युवा प्रतिभालाई सम्मान गरिँदै आएको । 

१०. राष्ट्र बैङ्कले २०८२ जेठ २७ मा सार्वजनिक प्रतिवेदन अनुसार गत वैशाखमा मात्र नेपालमा कति विप्रेषण भित्रिएको छ ? 

रु. एक खर्ब ६५ अर्ब ३० करोड 

मासिक रूपमा तुलना गर्दा वैशाखमा भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढी हो । 

आव २०८१/८२ को १० महिनाको अवस्था 

शोधनान्तर बचत : रु. चार खर्ब ३८ अर्ब 

विप्रेषण : रु. १३ खर्ब ५६ अर्ब 

कुल विदेशी मुद्रा सञ्चिति : रु. २५ खर्ब १२ अर्ब 

११. विश्वको पहिलो वैदिक घडी कुन हो ?

विक्रामादित्य वैदिक घडी 

भारतको मध्यप्रदेशस्थित उज्जैनमा रहेको । 

समय गणना मान ३० घण्टा एक दिन एवं १ घण्टा ४८ मिनेट रहेको । 

यस घडीको उद्घाटन सन् २०२४ फेब्रुअरी २९ मा भारतीय प्रम नरेन्द्र मोदीद्वारा गरिएको । 

१२. पहिलो नेपाली एनिमेटेड फिचर फिल्म कुन हो ?

सलिना (तेजसराज जोशी निर्देशित) 

१३. नेपालका प्रथम महालेखा परीक्षक को हुन् ?

चन्द्र बहादुर थापा

१४. अनुसूचीको व्यवस्था नभएको नेपालको संविधान कुन हो ?

नेपाल अधिराज्यको संविधान, २०१५ 

१५. धेरै गजुर भएको मन्दिर पाटनको कृष्ण मन्दिर हो भने गजुर नै नभएको मन्दिर कुन हो ? 

अशोक विनायक

१६. आन्तरिक राजस्व विभागले केन्द्रीय विजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

विसं २०७४ मङ्सिर १

१७. आणिविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

सन् २०२१ जनवरी २२

१८. नेपाल विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) को सदस्य कहिले बनेको हो ?

 सन् १९७५ 

१९. लोक सेवा आयोगको स्थापना कहिले भएको हो ?

विसं २००८ असार १

‘नेपाल पब्लिक सर्भिस कमिसन’ नामबाट २००८ साल असार १ गते लोकसेवा आयोगको विधिवत् स्थापना भएको । 

२०. उपप्रधानमन्त्रीले को समक्ष शपथ लिनुपर्ने प्रावधान रहेको छ ?

राष्ट्रपति 

प्रस्तुतकर्ता : टङ्क केसी