• ४ असार २०८२, बुधबार

करेन्ट लागेर एक महिलाको मृत्यु

blog

प्रवीणकुमार शर्मा 

चन्द्रपुर (रौतहट), असार ४ गते । रौतहटमा बुधबार करेन्ट लागेर एक महिलाको मृयु भएको छ । राजपुर नगरपालिका –३ डमार पोखरी टोल बस्ने शेख सफुलाको श्रीमती ३० बर्षिय गुलनाज खातुनको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपककुमार रायले जानकारी दिनुभयो । 

खातुन आफ्नो सुत्ने कोठामा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते हुनु भएको थियो । घाइते खातुनको प्रादेशिक अस्पताल गौर रौतहटमा उपचारको क्रममा मृत्यु भएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।