काठमाडौँ, असार २९ गते । नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल महाधिवेशन निर्देशन समिति संयोजक एवं पार्टी सहमहामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यमा नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनबारे छलफल भएको छ ।
पार्टी कार्यालय सानेपामा भएको छलफलमा लमजुङ पार्टी सभापति एवं गण्डकी प्रदेश मन्त्री अर्थ मन्त्री टेकराज गुरुङ, पूर्व पार्टी जिल्ला सभापति एवं वन मन्त्री भेषकुमार पौडेलले आपसी सहमतिमा जिल्लाको अधिवेशनको बाँकी कार्य टुङ्गयाउने निर्णय भएको छ ।
छलफल कार्यक्रममा महाधिवेशन निर्देशन समिति सदस्य, नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य, संघीय सांसद् सरिता प्रसाईं, महाधिवेशन निर्देशन समितिको सदस्य, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य, राष्ट्रिय सभा सदस्य जितजङ्ग बस्नेत, नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङलगायतको उपस्थिति रहेको थियो ।