काठमाडौँ, असार २९ गते । काठमाडौँ महानगरपालिका वडा नं. १६ बालाजु चमतिस्थित झोला गोदाममा आगलागी हुँदा दुई करोडको क्षति भएको बताइएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार पदमबहादुर तुलाधरको जग्गा भाडामा लिइ अन्दाजी वर्ष ५४ का महेन्द्र श्रेष्ठले मन्जित स्टोर (झोला गोदाम) सञ्चालन गर्दै आउनुभएको थियो ।
गोदाममा आइतबार दिउँसो २ः१५ को समयमा आगलागी भएको थियो ।
नेपाली सेनाका अनुसार नेपाली सेनाको पुरानो गोरखा गण, प्रहरी वृत्त बालाजु,सशस्त्र प्रहरी बल, दमकल लगायत स्थानीयको सहयोगमा सो आगलागी नियन्त्रणमा लिइएको छ ।
प्रवक्ता बोहराका अनुसार आगलागीको कारण खुलेको छैन भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । उहाँका अनुसार प्रारम्भिक रुपमा दुई करोड क्षतिपूर्ती भएको अनुमान गरिएको छ ।