• ३० असार २०८२, सोमबार

सामुदायिक विद्यालयलाई लक्षित सिपिआर तालिम

blog

सिपिआर तालिम दिनुहुँदै लक्ष्मण माली। तस्बिरः मनोजरत्न शाही

काठमाडौँ, असार २६ गते । क्षेत्रपाटी क्लबले आइतबार एकदिने प्राथमिक उपचार तथा सिपिआर तालिम आयोजना गरेको छ ।

विपद्को समयमा प्राथमिक उपचारको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले क्षेत्रपाटी क्लबले प्राथमिक उपचार तथा सिपिआर तालिमको गरेको हो । 

काठमाडौँ महानगरपालिका १७ वडाका स्थानीय तथा उक्त क्षेत्र आसपासका सामुदायिक विद्यालयलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा प्रशिक्षक लक्ष्मण मालीले प्रशिक्षण दिनुभयो ।

उहाँले सिपिआरको सहायताले मृत्युको नजिक पुगेका घाइतेलाई कसरी बचाउन सकिन्छ भनी अभ्यास सहितको प्रशिक्षण दिनुभएको छ । प्राथमिक उपचार र सिपिआरको बारेमा जानकारी होस् भन्ने हेतुले यस कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष गोपाल मालीले जानकारी दिनुभयो । 

कार्यक्रममा स्थानीयवासी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाको उपस्थिति थियो ।