काठमाडौँ, असार २८ गते । पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएको छ।
अस्पताल स्रोतका अनुसार शर्माको शनिबार साँझ ८ः१० बजे काठमाडौंका थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हाे ।
उहाँ विं.सं. २०६९ फागुन १२ देखि २०७५ फागुन १२ सम्म निर्वाचन आयुक्त हुनुभएको थियो । त्यसअघि उहाँ गोरखापत्र संस्थानबाट प्रकाशित दि राइजिङ नेपालमा १३ वर्ष कार्य गर्नुभएको थियो ।
उहाँको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको पत्रकार अमृता लम्सालले जानकारी दिनुभयो। उहाँको दाहसंस्कार भोलि गरिनेछ।
उहाँका दुई छोरी हुनुहुन्छ ।