इजरायल, असार ४ गते । इजरायलले इरानमा हवाई आक्रमणको अर्को चरण सुरु गरेको बताएको छ । आफ्नो सैन्य अभियानलाई अगाडि बढाउन दृढ सङ्कल्पित रहेको इजरायलको भनाइ छ ।
इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिनले निरन्तर इजरायली हवाई आक्रमणको परिणामस्वरूप इरानी सेनालाई पछि धकेल्दै गएको बतउनुभयो । डिफ्रिनले लगभग ६० इजरायली लडाकु विमानहरूले मङ्गलबारको सुरुमा तेहरान क्षेत्रमा १२ भूमिगत मिसाइल प्रक्षेपण स्थलहरूलाई लक्षित गर्दै ठुलो आक्रमण गरेका थिए ।
जुन १३ मा इजरायलले इरानभरि गरेको अचानक हवाई आक्रमणबाट सुरु भएको हवाई द्वन्द्वमा इरानमा कम्तीमा दुई सय ४४ र इजरायलमा २४ जनाको मृत्यु भएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल