• ४ असार २०८२, बुधबार

सुनको मूल्य निरन्तर बढ्दो

blog

काठमाडौँ,  असार ४ गते ।  गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु. ९०० र चाँदीे रु. ६५ ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु. दुई हजार २२५ मा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  रासस