पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, असार ४ गते । पश्चिम नवलपरासीमा सात सय १७ घरपरीवार भूमिहीन नागरिकका लागि आवास निर्माणका लागि पहिलो चरणको काम सुरु भएको छ । थारू मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर द्वारा 'भूमिहिन नागरिकका लागि आवास निर्माण' कार्यक्रम अन्तर्गत प्रति भूमिहिन घरपरिवार एक कट्ठा जग्गासहित तयारी अवस्थाको चार कोठे घर निमार्ण गरी हस्तान्तरण गरिने भएको हो।
जसका लागि प्रारम्भीक चरणमा लागत सङ्कलनकाा लागि काम अघि बढाइएको थारु मिलन केन्द्र नेपालका सदस्य एवं सरावल गाउँपालिकाका पूर्व अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रम अनुसार पश्चिम नवलपरासीमा नगरपालिकातर्फ बर्दघाट, रामग्राम, सुनवल तथा गाउँपालिकातर्फ सुस्ता, पाल्हीनन्दन प्रतापपुर, सरावलमा यो कार्यक्रममार्फत सात सय १७ भूमिहीन नागरिकका लागि आवास निर्माण गर्ने लक्ष्य छ । थारू मिलन केन्द्र नेपालले उपदान कलेन्सन सेन्टरमार्फत पश्चिम नवलपरासीमा रहेका भूमिहीन थारू लगायतका नागरिकहरूका लागि घर बनाउने पहल गरिरहेको छ ।
स्थानीय तहहरूको समन्वयमा भइरहेको यस प्रकारका कामले पालिकाहरूलाई पनि सहयोग पुगेको सुनवल नगरपालीकाका नगर प्रमुख बिमला अर्यालको भनाइ छ ।
थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरकी सदस्य एवंम् कार्यक्रम फोकल पर्सन आशा चौधरीले का अनुसार सात वटै पालिकामामध्ये केही स्थानमा जग्गा खरिद भइसकेको र केही वाकी स्थानमा जग्गा खरिद गरि व्यवस्थित बस्तीको रूपमा भूमिहीन परिवारलाई एकै स्थानमा आवास निमार्ण गर्ने गरि योजना अघि बढाएको छ ।
विशेषगरी जिल्लामा ३० वर्षदेखि भूमिहीन अवस्थामा रहेको घरपरिवारलाई जग्गा सहित घरउपलब्ध गराइने छ । प्रति घर करिब ५ लाख रुपियाँको लागतमा चार कोठे घर निमार्ण हुने थारू मिलन केन्द्रका अध्यक्ष देवानन्द सिंह फैजदारले जानकारी दिनुभयो । जसका लागि अब प्रत्येक वडामा गई आश्यकताका आधारमा आवेदन सङ्कलन गरिने थारू मिलन केन्द्र की सदस्य एवम् नेपाल उपदान कलेक्सन सेन्टरकी लेखा अधिकृत अन्जली चौधरीले जानकारी दिनुभयो ।
२०७९ सालमा स्थापना भएको थारू मिलन केन्द्र नेपालले भूमिहीन नागरिकलाई ७१७ घर निर्माण गरी हस्तान्तरण गर्ने योजना रहेको थारू मिलन केन्द्र नेपालका सदस्य शत्रुघनप्रसाद चौधरीले जानकारी दिनुभयो । थारू मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर द्वारा यस अगाबै कैलाली, बर्दियामा भूमिहीन नागरिकका लागि आवास निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।