• १३ साउन २०८१, आइतबार

कपिलवस्तु बस दुर्घटनामा १० जनाको मृत्यु, २० घाइते

blog

कपिलवस्तुको सुरही खोलामा बस दुर्घटना स्थलमा उद्धार कार्य गरिँदै । तस्विरः सौजन्य सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी

नारद कोहार
तौलिहवा, (कपिलवस्तु) फागुन ३ गते ।
कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सुरही खोलामा ०२–००१ख–००९८ न. को सुनौलो महाकाली यातायातको यात्रुवाहक बस दुर्घटना भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण कपिलवस्तुमा सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीका अनुसार महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस सडकबाट दुई सय फिट तल खसेको छ । घाइतेलाई बुटवल र भालुवाङतर्फ पठाइएको जानकारी उहाँले दिनुभयो ।

घटनास्थलमा सशस्त्र प्रहरी उपरीक्षक केसीसहित ६० जनाको टोलीद्वारा उद्धार कार्य भइरहेको छ ।  घटनाको थप विवरण आउन बाँकी छ ।