असल बुहारी सम्मानित
तानसेन नगरपालिका–१३ ले असल बुहारी र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानित गरेको छ । तानसेन नगरपालिका–१३ को सहयोग र वडा स्तरीय महिला समन्वय समितिको आयोजनामा महिला तथा बालबालिकाको क्षमता अभिवृद्धि अन्तर्गत सम्मान, खेलकुद तथा विविध कार्यक्रममा सम्मानित गरेको हो ।
आँखाका बिरामीमध्ये अधिकांशमा मोतीबिन्दु
अर्घाखाँचीमा आँखाको उपचार गर्न आउनेमध्ये अधिकांशलाई मोतीबिन्दुको समस्या देखिएको छ । जिल्ला आँखा अस्पतालका अनुसार दुई दिने आँखाको निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविरमा आउने ३५१ जना बिरामीमध्ये एकसय बिरामीको शल्यक्रिया गरिएको छ ।
लक्ष्यभन्दा बढीले लगाए दादुरा रुबेलाविरुद्धको खोप
बाँकेका दुईवटा पालिकामा तोकिएको लक्ष्यभन्दा बढी बालबालिकाले दादुरा रुबेलाविरुद्धको खोप लगाएका छन् ।
हिँड्ने बाटोसमेत नबनेको किङगरियनपुर्वा बस्ती
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र एउटा बस्ती किङगरियनपुर्वा । जहाँ अहिलेसम्म कुनै जनप्रतिनिधिको ध्यान जान सकिरहेको छैन । भौतिक पूर्वाधारका ठुला-ठुला संरचना बन्ने त परैको कुरा आवतजावतका लागि बाटोसम्म बनेको छैन ।
पाल्पामा विद्यालय नजिकै ग्रिनेट फेला
पाल्पा जिल्लाको तानसेन-११ जोगीपानीस्थित लिपिनदेवी आधारभूत विद्यालय नजिकै ग्रिनेट फेला परेको छ ।
१५ बुँदे मागसहित स्ववियुको ७२ घण्टे अल्टिमेटम
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनसमक्ष विभिन्न मागहरु राख्दै ७२ घण्टे अल्टिमेटम सहित ध्यानाकर्षण पत्र बुझाएको छ ।
कोइरालाको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर
सुशील कोइराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशले पाल्पाको रामपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
बुन्न छाडिए गुन्द्री चकटी
परालबाट बनाइने गुन्द्रीको प्रचलन हराउँदै गएको छ । प्रविधिको विकास र यसको प्रयोगसँगै धानको परालबाट बनाइने गुन्द्री बुन्ने प्रचलनसमेत हराउँदै गएको छ । गाउँघरमा फाट्टफुट्ट मात्र गुन्द्री बुन्ने गरेको देखिन्छ । पाकेको धान काटेर झाँटेपछि धान र पराललाई अलग बनाई गुन्द्री बुन्नका लागि अलि लामो र सग्लो पराल छुट्याएर बाँकी पराललाई दाइँ हाल्ने प्रचलन रहेको थियो । ऐरावती गाउँपालिका–६, बिजुली महेन्द्रदीप प्युठानकी लोकमाया गुरुङका अनुसार गुन्द्री बुन्ने पराललाई सुकाइसकेपछि हिउँदको समयमा स्थानीयले हातबाट निर्मित तानबाट गुन्द्री बुन्ने चलन रहेको छ । हातबाट बुनेका गुन्द्री पहिला प्रशस्तै हुन्थे । हरेकले आआफ्ना घरमा गुन्द्री बुन्थे । परपाहुना आउँदा नयाँ गुन्द्री ओच्छाएर स्वागत गरिन्थ्यो ।
घडियाल संरक्षणमा समस्या
बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियाल छाड्दै आए पनि संरक्षणमा समस्या देखिएको छ । घडियालका लागि प्राकृतिक बासस्थानका रूपमा रहेको राप्ती नदीमा दुई वर्षको अवधिमा २० वटा घडियाल गोही छाडिएको छ । तीमध्ये १२ वटा जति मात्र नदीमा रहेको निकुञ्जले जनाएको छ ।
केरा खेतीतर्फ किसानको आकर्षण
राप्ती गाउँपालिका–७, छोडकी सिसहनिया निवासी विद्याबहादुर चौधरीले विगत चार वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केरा खेतीमा लागेका चौधरी वार्षिक १३/१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउनुहुन्छ । खेती गरेको तीन बिघामध्ये अहिले डेढ बिघा जग्गामा रोपेको केराले उत्पादन दिने गरेको भन्दै चौधरीले भन्नुभयो, “अहिले खेती गरेकोमध्ये आधा जमिनमा रोपेको केराले उत्पादन दिन थालेको छ । बाँकी बोटहरू पनि उत्पादन दिन तयार हुँदै छन् ।”
पिक अप र मोटरसाइकल जुध्दा एकजनाको मृत्यु
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ झडुलामाई मोडमा भएको सवारी दुर्घटनाका एकजनाको मृत्यु भएको छ । बुधवार साँझ लु ३ च ४३८३ नम्बरको पिक अप र लु १३ प १८१९ नम्बरको मोटरसाइकल एक आपसमा जुधेका थिए ।
छोटी भन्सार पुनर्स्थापना गर्न सरकारसँग आग्रह
सशस्त्र द्वन्द्वमा विस्थापित भएका छोटी भन्सार पुनर्स्थापना गर्नुपर्ने माग गर्दै बाँकेका उद्योगी व्यवसायीले सरकारसँग आग्रह गर्नुभएको छ ।
सल्लाको खोटोबाट आम्दानी
दाङमा पछिल्लो समय सल्लाको खोटोबाट आम्दानी बढ्दै गएको छ । खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि खोटो सङ्कलन गर्ने क्रम पनि बढेको हो ।
पसलमा आगलागी हुँदा करिब एक करोड क्षति
नेपालगन्जको घरबारी टोल २ मा रहेको न्यूमाया इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब एक करोड रुपियाँको क्षति भएको छ ।
जनशक्तिको अभावले भिडियो एक्स-रे सेवा ठप्प
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्स-रे सेवा सञ्चालन हुन सकेको छैन ।
मिनी म्याराथनमा दौडिँदै ४८ महिलासहित ८९ चेपाङ
नारायणगढदेखि रत्ननगरसम्म आयोजना गरिएको मिनी म्याराथनमा ४८ महिलासहित ८९ जना चेपाङ समुदायका नागरिक सहभागी हुने भएका छन् । सबै क्षेत्रमा पछाडि परेको चेपाङ समुदायबाट ठूलो सङ्ख्यामा मिनी म्याराथुनमा सहभागी हुनुलाई सकारात्मक रुपमा लिइएको छ ।
बाँकेमा ६३ प्रतिशत बालबालिकाले लगाए दादुरा रुबेलाविरुद्धको खोप
बाँकेमा गत तीन दिनमा एक लाख चार हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ ।
वडाध्यक्षलाई कारवाहीको माग गर्दै नेपालगञ्जमा कामकाज ठप्प
नेपालगञ्ज उप-महानगरपालिका-५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारवाहीको माग गर्दै नेपालगञ्ज उप-महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
बाँकेका दुई बाल सुधारगृहलाई विभिन्न सामग्री हस्तान्तरण
बाँके जिल्लाको डुडुवा र नौबस्तामा रहेका दुईवटा बाल सुधारगृहमा रहेका बालविज्याईकर्ता (बालबन्दी) हरुको सुधारमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।
सामाजिक अपहेलनामा कुष्ठरोगी
रुकुमको पिपल गाउँपालिका–९ बस्ने कौशिला दाहालले कुष्ठरोगको नियमित उपचार गराइरहनुभएको छ । विगत १५ वर्षदेखि कुष्ठरोगको समस्या भए पनि समाजको डरले खुट्टाको घाउ लुकाएर बस्नु परेको गुनासो उहाँले सुनाउनुभयो । रोगको पीडा सहन नसकेपछि उपचार गर्न रुकुम सदरमुकाम आइपुगेकी दाहाल थप उपचारका लागि बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा रहेको साइनिङ अस्पतालमा पुग्नुभएको छ । कुष्ठरोग लागेको थाहा पाएपछि समाजले राम्रो व्यवहार नगरेको र घरपरिवारले पनि बेवास्ता गरेको दुःखेसो उहाँले पोख्नुभयो । यस्तै अछामको तुर्माखाद गाउँपालिका–४ का बिजेश बुढा पनि सोही अस्पतालमा उपचार गराइरहनुभएको छ ।
७६ हजार बढी बालबालिकालाई दादुरा रुबेलाविरुद्ध खोप
बाँकेका ७६ हजार ७०० भन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सुरु गरिएको खोप अभियानको दुई दिनमा बाँकेमा ७६ हजार ७४३ बालबालिकालाई सो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
दाङ क्रिकेट लिग–२ : तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी
दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को दोश्रो दिन भएका खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् ।
पाल्पामा मगर दिवसको रौनक (फोटो फिचर)
मगर समुदायले आज देशैभर ४२ औँ राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । मगर समुदायको बाहुल्यता रहेको पाल्पाका १० वटै स्थानीय तहमा अहिले सांस्कृतिक झाँकी प्रदर्शन सहितका कार्यक्रम जारी छ ।
सामाजिक अपहेलना सहँदै कुष्ठरोगी
रुकुमको पीपल गाउँपालिका–९ बस्ने कौशिला दाहालले अहिले कुष्ठरोगको उपचार गराइरहनुभएको छ । विगत १५ वर्षदेखि कुष्ठरोगको समस्या भए पनि समाजको डरले खुट्टाको घाउ लुकाएर बस्नुभयो ।