• १९ वैशाख २०८२, शुक्रबार

पसलमा आगलागी हुँदा करिब एक करोड क्षति

blog

आगलागीबाट जलेर खरानी बनेका मोबाइललगायतका इलेक्ट्रोनिक्स सामान । तस्विर: सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन १६ गते । नेपालगन्जको घरबारी टोल २ मा रहेको न्यूमाया इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब एक करोड रुपियाँको क्षति भएको छ ।

पसलका सञ्चालक उमेशकुमार कसौंधनले दिनुभएको जानकारीअनुसार मङ्गलबार राति करिब १२ः३० बजेतिर भएको आगलागीबाट ९६ लाख रुपियाँको महँगो मोबाइललगायतका इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएको हो । 

कसौंधनले सर्ट सर्किट भएर आगलागी भएको जनाउँदै आगलागीको खबर थाहा पाउनेवित्तिकै दमकल, प्रहरी र स्थानीय बासिन्दाले पुगेर केही बेरमै आगोमा नियन्त्रण पाए पनि पसलभित्रको सबै सामान जलेर खरानी भइसकेको बताउनुभयो । 

उता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले आगलागीबाट ठुलै क्षति भए पनि क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जनाउँदै सबै विवरण पाएपछि मात्र क्षति यकिन गर्न सकिने बताउनुभयो । 

सर्ट सर्किट भएर नेपालगन्जमा हरेक महिनाजसो कुनै न कुनै पसलमा आगलागी हुँदैआएको स्थानीयको भनाइ छ ।