• १३ असोज २०८१, आइतबार

दाङ क्रिकेट लिग–२ : तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी

blog

मङ्गलबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

लीलाधर वली 

घोराही, फागुन १५ गते । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को दोस्रो दिन भएका खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् ।

घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको पहिलो खेलमा तुलसीपुर रोयल्सले दंगाली लायन्सलाई २७ रन र दोस्रो खेलमा घोराही टाइगर्सले पुरन्धारा च्यालेन्जर्सलाई स्तब्ध बनायो । 

दाङ क्रिकेट सङ्घको आयोजनामा जारी प्रतियोगिता फागुन १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेता टोलीले दुई लाख ५० रुपियाँ र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् ।