• १३ साउन २०८१, आइतबार

पाल्पामा विद्यालय नजिकै ग्रिनेट फेला

blog

फाइल तस्बिर ।

रेखीराम राना

तानसेन, फागुन १७ गते । पाल्पा जिल्लाको तानसेन-११ जोगीपानीस्थित लिपिनदेवी आधारभूत विद्यालय नजिकै ग्रिनेट फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार स्थानीयवासी मीना कुँवरको बारीमा ग्रिनेट फेला परेकाे हाे । 

नेपाली सेनाबाट गस्ती गएको एलआरपी टोलीले ग्रिनेट फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो । फेला परेको ग्रिनेट डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त ग्रिनेट युद्धका बेला प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ ।