गुणस्तरीय शिक्षामा अब्बल सिद्धबाबा
गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयको रुपमा परिचित छ । रेसुङ्गा नगरपालिका–८, (तत्कालीन तम्घास गाउँपञ्चायत) खानीगाउँ टुनिखोलामा रहेको सानो बचत घरबाट २०४३ सालमा औपचारिक रुपमा यस विद्यालयको सुरुवात भएको थियो ।
भिखोकमा तीन महिनामै पुल तयार
पाल्पा जिल्लाको भिखोक खोलामा तीन महिनामै पक्की पुल तयार भएको छ । माथागढी–१, चिदीपानी र रम्भा–४, हुमिन जोड्ने भिखोक खोलामा पक्की पुल तयार भएको हो । लुम्बिनी प्रदेश सरकारको ६० लाख रुपियाँ लगानीमा पुल बनेको छ । पुल बनेपछि माथागढी, रम्भा, पूर्वखोलालगायतका बासिन्दालाई यात्रा गर्न सहज हुने छ । योजना सम्झौता भएको तीन महिनामै पुल निर्माण सम्पन्न भएको माथागढी–१ का वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । यस क्षेत्रका नागरिकलाई हिउँद र बर्सातको समयमा हिँडडुल गर्न सहज हुने वडाध्यक्ष पन्थीले बताउनुभयो ।
बर्सेनि जङ्गलमै खेर जान्छ काठ
दाङमा सामुदायिक वन समूहले जङ्गलमा ढलेका काठ व्यवस्थापनका लागि कानुनी प्रक्रिया नपु¥याउँदा हजारौँ क्युफिट काठ खेर जाने गरेको छ । सामुदायिक वनले कार्ययोजना नवीकरण नगर्दा वन क्षेत्रमा रहेको करिब ५० हजार क्युफिटभन्दा बढी काठ खेर गएको सामुदायिक वन महासङ्घले जनाएको छ । वनको कार्ययोजना नवीकरण नहुँदासम्म वनबाट काठ निकाल्न नपाइने व्यवस्था छ । वन क्षेत्रमा रहेका ढलेका वा सुकेका रुख सहजै निकाल्न नपाइने कानुनी अडचनका कारण बर्सेनि जङ्गलमै काठ खेर जाने गरेको सामुदायिक वन महासङ्घ दाङका अध्यक्ष हरि भुसाल बताउनुहुन्छ ।
बुटवलमा पशु वधशाला सञ्चालनको तयारी
बुटवल उपमहानगरपालिकाले वधशाला सञ्चालनलाई सबै क्षेत्रले सकारात्मक रूपमा लिन आग्रह गरेको छ । नगरवासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्था अनुसार मासु वधशाला सञ्चालनको तयारीमा रहेको भन्दै बुटवलले वधशालाबाट वध गरी प्रशोधन गरेको मासु उपभोग गर्न आग्रह गरेको हो ।
नगरपालिकामा विवाद, वडाध्यक्षद्वारा तालाबन्दी
रुपन्देहीको देवदह नगरपालिकामा तनाव उत्पन्न भएको छ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् ।
दंगाली लायन्सको विजयी सुरुवात
नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को उद्घाटन खेलमा दंगाली लायन्स विजयी भएको छ । दाङ क्रिकेट सङ्घको आयोजनामा घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको लिगको उद्घाटन खेलमा दंगाली लायन्सले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई नौ विकेटले हरायो ।
पति–पत्नीसहित चार लागूऔषध कारोबारी पक्राउ
लागूऔषध सेवन र विक्रीविरुद्ध कडा रूपमा उत्रेको प्रहरीले बाँके र बर्दियाबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना कारोबारी पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुईजना पति–पत्नी रहेको प्रहरीको भनाइ छ ।
राजस्व विवादका सात मुद्दा न्यायाधीकरणमा दर्ता
चालु आर्थिक वर्षमा नेपालगञ्जस्थित राजस्व न्यायाधीकरणमा करसम्बन्धी विवादका सात मुद्दा दर्ता भएका छन् ।
छसय बढीको निःशुल्क स्वास्थ्य जाँच
दुई दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा छसय बढीले सेवा लिएका छन् । जिल्लाको बगनासकालीस्थित बराङ्दीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ६७० जनाले सेवा लिएका छन् ।
सडकमा जथाभाबी फोहोर फाल्नेलाई कारबाही
नेपालगञ्ज उप-महानगरपालिकाले नगरभित्र सडकमा फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याउन सुरु गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा हरेक दिन साँझ अनुगमन गरी सडकमा फोहर फाल्नेलाई तत्कालै कारबाही गर्न थालिएको हो ।
साढे २४ किलो चरेससहित पाँच जना पक्राउ
कपिलवस्तुको कृष्णनगरबाट लागु औषध चरेससहित पाँच जना पक्राउ परेका छन् ।
सवा एघार लाखभन्दा बढीलाई खोप लगाइँदै
लुम्बिनी प्रदेशमा दादुरा–रुबेला खोप अभियान–२०८०/८१ अन्तर्गत ११ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको घोराहीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा दादुरा–रुबेला खोप अभियान अन्तर्गत फागुन १३ देखि चैत ७ सम्म सञ्चालन हुने खोप अभियानका क्रममा प्रदेशका १२ जिल्लाका ११ लाख २१ हजार ६०७ बालबालिकालाई खोप लगाउन थालिएको जानकारी दिएको हो ।
पाल्पामा राष्ट्रिय महिला भलिबल हुँदै
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी फागुन १८ गते देखि पाल्पामा हुने भएको छ । फागुन १८ देखि २४ गते सम्म जिल्लाको रामपुर नगरपालिकामा हुने भएको हो ।
बाँकेमा आयुर्वेद उपचारमा आकर्षण
बाँके जिल्लामा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रप्रति स्थानीयको आकर्षण दिनदिनै बढ्दै गएको छ।
मोतियाबिन्दुको सफल शल्यक्रिया
गुल्मीमा एक ९७ वर्षीया एक वृद्धाको आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासमा इस्मा गाउँपालिका–३ निवासी रत्नकला खरालको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको नेत्र अधिकृत सूर्य बस्नेतले जानकारी दिनुभयो ।
युवा पलायन रोक्न कानुन पर्याप्त भएन : गृहमन्त्री पाण्डेय
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले युवालाई रोक्न सरकारले बनाउने नीति र कानुन मात्रै पर्याप्त नहुने बताउनुभएको छ।
कपिलवस्तुमा दुई लाख बढी बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप
कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित बुद्ध पद्म माध्यमिक विद्यालयमा दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
सर्वसाधारणलाई सडक सुरक्षा तथा ट्राफिक सचेतना
दुर्घटना न्यूनीकरणको मुख्य उद्देश्यका साथ बाँकेमा जारी रहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत दैनिकजसो जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम भइरहेका छन् ।
विद्यार्थीलाई क्रिकेट खेल सामग्री हस्तान्तरण
गत वर्ष उप मेयरकप छात्रा क्रिकेट प्रतियोगितामा भाग लिएका पाँच सामुदायिक विद्यालयका छात्राहरूलाई कोहलपुर नगरपालिकाले क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ ।
कपाल काट्दै, पढाइ खर्च जुटाउँदै
कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ रनगाईका ११ वर्षीय सुशील ठाकुर स्कुल बिदा भएपछि कपाल काट्न व्यस्त हुन्छन् । गाउँको कुनामा रहेको घर अगाडि कुर्ची राखेर कपाल काट्छन् ।
मेरुदण्डको समस्याबाट जोगिन समयमै उपचार गर्न सुझाव
मेरुदण्डको दीर्घकालीन समस्याबाट जोगिन समयमै उपचार गर्न चिकित्सकहरूले सुझाव दिनुभएको छ । मेरुदण्डका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुहुँदै भेरी अस्पताल नेपालगञ्जका पूर्व मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ मेरुदण्ड रोग विशेषज्ञ डा. प्रकाशबहादुर थापाले पछिल्लो समय धेरै मानिसमा मेरुदण्डको समस्या देखिएको बताउनुभयो ।
बाँकेमा दादुुरा-रुबेला खोप अभियान सुरु
दादुरा-रुबेलाको उच्च जोखिममा रहेको बाँकेमा नौ महिनादेखि १५ वर्ष उमेर उमेर समूहका बालबालिकाका लागि खोप अभियान सुरु भएको छ ।
कोहलपुरका किशोरीमा रक्तअल्पताको समस्या
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न पालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुको रक्तअल्पता परीक्षण सुरु गरेको छ । रक्तअल्पता भनेको शरीरमा रगतको कमी हुनु हो ।
वातावरणीय परीक्षणपछि गरा सुधार गर्न दिइने
मनपरी ढुङ्गा उत्खनन गर्न दिएको गुनासो बढेपछि तिनाउ गाउँपालिकाले वातावरणीय परीक्षणपछि मात्रै ढुङ्गा उत्खनन गर्न दिने जनाएको छ । गरा सुधारका नाममा तिनाउका विभिन्न स्थानमा ढुङ्गा उत्खनन गर्न दिएको पालिकाले अब भने वातावरणीय परीक्षण प्रतिवेदनका आधारमा मात्र उत्खनन गर्न दिने जनाएको हो । पछिल्लो डेढ महिनायता तिनाउ गाउँपालिकाले पालिकाभित्रका १५ किसानको मागको आधारमा गरा सुधार गर्न दिएको थियो । उक्त क्षेत्रमा गरा सुधार होइन, ढुङ्गा उत्खनन कार्य भइरहेको छ ।