• १३ साउन २०८१, आइतबार

छसय बढीको निःशुल्क स्वास्थ्य जाँच

blog

स्वास्थ्य जाँच गर्नुहुँदै बरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइराला । तस्बिर: रेखीराम राना

रेखीराम राना

तानसेन, फागुन १४ गते । दुई दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा छसय बढीले सेवा लिएका छन् । जिल्लाको बगनासकालीस्थित बराङ्दीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ६७० जनाले सेवा लिएका छन् । 

शिविरमा मुटुरोग ३२८ जना, स्त्रीरोग १७४ बालरोग ४५, आँखासम्बन्धी १२३ जनाले सेवा लिएका हुन् । रिडी राम्दी समाज काठमाडाैँको आयोजना र बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको सह–आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइराला, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रोशन घिमिरे, स्त्रीरोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, आँखा र बालरोग विशेषज्ञले चेकजाँच गर्नुभएको थियो । ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको सहकारीका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो ।