• १४ मंसिर २०८१, शुक्रबार

सडकमै सुतेर मोही किसानद्वारा विरोध प्रदर्शन

blog

घोराहीको भानुचोकमा सुतेर विरोध जनाउँदै स्वर्गद्वारी गुठीपीडित मोही किसानहरु । तस्विर : लीलाधर वली

लीलाधर वली  

घोराही, फागुन ११ गते । स्वर्गद्वारी आश्रमको जग्गामा मोही अधिकार कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलनरत किसानले घोराहीको मुख्यचोकमा सडकमै सुतेर विरोध जनाएका छन् । गुठी जग्गा रैकर गर्नुपर्ने र मोही किसानलाई जग्गा दिनुपर्ने मागसहित चार दिनदेखि जिल्ला प्रशासन कार्यालय दाङको गेटमा धर्नामा बसेका किसानले शुक्रवार दिउँसो १२ बजेदेखि १२ : ३० बजेसम्म घोराहीको भानुचोकमा सडकमै सुतेर विरोध जनाएका हुन् ।

गुठी पीडित मोही किसानका समस्यालाई सरकारले गम्भीरतापूर्वक नलिएको र जसका कारण किसानहरु मोही हकबाट वञ्चित हुनुपरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको मोही किसान शेरबहादुर चौधरीले बताउनुभएको छ । मोही अधिकार कार्यान्वयन गर्नुपर्ने, गुठी जग्गा रैगर गर्नुपर्ने, मोही अधिकारबाट किसानलाई वञ्चित गर्न नपाइने लगायतका माग राख्दै दबाब सिर्जना गर्ने उद्देश्यले सडकमै सुतेर आन्दोलन गरेका थिए । 


मोही जग्गाको अस्थायी पुर्जा, थालसहित सहभागी भएका किसानले आधा घण्टा सुतेर विरोध गर्दा यातायात सेवा अवरुद्ध भएको थियो । स्वर्गद्धारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति र जिल्ला भुमी अधिकार मञ्चको संयुक्त आयोजनामा फागुनको ८ गतेदेखि मोही किसानहरु आन्दोलनरत छन् । आन्दोलनका क्रममा जिल्ला प्रशासयन कार्यालयमा धर्नासँगै सुडक सतेर बिरोध गरेको गुठी पीडित सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार फागुनको १ गतेदेखि सुरु भएका सङ्घर्षका कार्यक्रम चैत १ गतेसम्म हुनेछ । जसअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा धर्ना, राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाउने, लुम्बिनी प्रदेश कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने, पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने, दाङ बन्द लगायतका विरोध कार्यक्रम रहेको सङ्घर्ष समितिले जनाएको छ । 


सर्वोचव अदालतले २०६२ चैत्र १४ गते स्वर्गद्वारी निजी गुठी भएकाले आश्रमको जग्गा खण्डीकरण नगर्नु नगराउनु भन्ने परामादेश जारी जारी गरेपछि मोही किसान अधिकारबाट वञ्चित भएको बताउँदै आएका छन् ।