• १३ साउन २०८१, आइतबार

हात्तीपाईलेको उच्च जोखिममा कपिलवस्तु

blog

स्वास्थ्य कार्यालय कपिलबस्तुको प्रशासनिक भवन । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा, माघ १९ गते । कपिलवस्तु हात्तीपाईले रोगको उच्च जोखिममा रहेको छ । १५ चरणको अभियान सञ्चालन गरिएको कपिलवस्तु फेरी हात्तीपाईले रोगको नुमना परिक्षण गर्दा असफल भएको हो । 

गत पुस १७ देखि एक सातासम्म किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले जिल्लाको ४ पालिकामा गरेको आईडिए ईनपेक्ट सर्वे नमुना परिक्षणबाट सो तथ्य बाहिर आएको छ । २० वर्ष माथिका उमेर समुहको व्यक्तिको नमुना रक्त सङ्कलन गरी परिक्षण गरिएको हो । 

स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन उदयचन्द्र चौरसियाका अनुसार जिल्लाको महारागंज र कृष्णनगर नगरपालिका तथा बाणगंगा र शिवराज नगरपालिकामा गरी एक हजार २५८ जनाको नमुना रक्त परिक्षण गर्दा १२ जनामा माईक्रो फाईलेरियाको जिवाणु फेला परेको बताउनुभयो । स्वास्थ्यर्मीको टोलीले २ क्लस्टर बनाएर नमुना परिक्षण गरेको थियो । क्लस्टर अनुसार दुबै ठाउमा बढी माईक्रो फाईलेरियाका जिवाणु भेटिएका छन् ।

एक प्रतिशत बढी माथि देखिएमा असफल हुने प्रावधान छ । शिवराज नगरपालिकामा तीन सय २३ जनामा परिक्षण गर्दा ७ जना, कृष्णनगर नगरपालिकामा ३ सय ९ जनामा गर्दा ४ जना, महरागंज नगरपालिकामा ३ सय १२ जनामध्ये १ जना र बाणगंगा नगरपालिकामा ३ सय १४ जना मध्ये शून्य जनामा माईक्रो फाईलेरियाको जीवाणु भेटिएको छ । सर्वेक्षण गर्दा कुनै स्थानको २ वा सो भन्दा कम नजिता आएमा पास भएको र त्यो भन्दा बढी देखिएमा असफल भएको मानिनेछ । तीन वा सो भन्दा माथी फेला परे पुन सर्वेको काम हुनेछ । 

जिल्लामा २०६४ सालदेखि जिल्लामा हात्तीपाईले विरुद्ध अभियान सञ्चालन हुँदै आएको छ । २०७८ र २०७९ सालमा चलाइएको अभियानमा जिल्लामा ८० प्रतिशत बढीले औषधी खाएको प्रतिवेदन छ । सन् २००५ मा सर्वे गर्दा जिल्ला सफल भएको थियो । त्यसबेला ५ जनाको नमुना रक्त सङ्कलन गर्दा १ दश दशमलव ६६ जनामा मात्र रोगको परिजवी देखिएको थियो । त्यस पछि २०१३ मा ४ दशमलव ५ प्रतिशत, २०१५ मा १४ दशमलव ८४, २०१८ मना १२ दशमलव ६७ परजिवीको भेटिएको थियो ।  

सन् २०२२ मा झन महाराजगंजमा २८ र बहादुरगंजमा ३१ जनाको नमुनारक्त परिक्षणपछि ४८ दशमलव ४ र ९ दशमलव ६ प्रतिशतमा परिजीवी भेटिएको थियो । सरकारले सन् २०३० सम्म हात्तीपाईले निवारण गर्ने लक्ष्य लिएको छ । 

विगतका वर्षमा यो रोग विरुद्ध आम औषधी सेवन ( एमडिए ) सञ्चालन गरिएकोमा २०७८ देखि आईडिए अभियान चलाइएकोे थियो । थपिएको आईभरमेक्टीन सहित डिईसि र एडभेन्डाजोल गरी ३ प्रकारका औषधी खुवाइएको थियो । 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख खेमलाल पाण्डेयले १५ औं चरणको औषधी खुवाउँदा समेत कपिलवस्तु असफल हुनु दुःखद कुरा रहेको बताउनुभयो । उहाँले दाङ र बाके सफल भएपनि कपिलवस्तु असफल हुनुले यहा औषधी सेवन राम्ररी नभएको बताउनुभयो । जिल्लामा यस वर्ष हात्तीपाईले विरुद्धको अभियानका लागि बजेट नभए पनि दाङका लागि रखिएको बजेट कपिलवस्तुमा पठाउने गरी तयारी गरिएको उहाँको भनाइ छ । 

कपिलवस्तुमा २७ सय २७ हात्तीपाईलेका बिरामी भेटिएका छन् । गाँउबस्तीका मानिसहरुले औषधी खाएपनि सहरिया मानिसले कम खाएका छन् । औषधीले विभिन्न असर गर्ने भ्र्रामक प्रचारले गर्दा शहरियाहरुले औषधी नै नखाने गरेकोले समस्या देखिएको छ ।