बजेट अभावले अर्घाखाँचीका एक सय ३१ खानेपानी योजना अलपत्र
जिल्लामा चालु वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् ।
सल्यानी सिस्नोको बजार नेपालगन्जमा
नेपालगन्जका एक युवाले सल्यानमा उत्पादन गरिएको सिस्नो नेपालगञ्ज ल्याएर बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ ।
कार्यसम्पादनमा धुर्कोट गाउँपालिका उत्कृष्ट
गुल्मीको धुर्कोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट भएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा धुर्कोट गाउँपालिका पहिलो भएको सार्वजनिक नतिजामा उल्लेख छ ।
भगवती मन्दिर तीनतले बनाइँदै
तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर तीनतले बनाइने भएको छ । १९९० सालको भूकम्पअघिकै स्वरूपमा भगवती मन्दिर बनाउने तयारी गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । १९९० सालको भूकम्पअघि तीनतले रहेको भगवती मन्दिर भत्काएपछि दुईतले बनाइएको थियो । मन्दिर जीर्ण भएसँगै छानो चुहिएर प्लास्टिकको ओत राखिएको छ । मन्दिरको अवस्था जीर्ण भएका कारण मन्दिर पुनर्निर्माण गर्ने र उक्त मन्दिर तीनतले बनाउने तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले बताउनुभयो ।
गैरआवासीयले लिए नागरिकता
गुल्मी जिल्लाबाट ३० जना गैरआवासीय नेपाली नागरिकले नागरिकता लिएका छन् । गत कात्तिक १९ बाट हालसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ३० जनाले गैरआवासीय नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । नेपालमा गएको असोजबाट गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु गरिएको हो । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक १९ बाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । गुल्मी जिल्लामा पनि नागरिकता लिने सङ्ख्या दैनिक बढ्दै गएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । जिल्लाबाट प्रवासमा रहनेको सङ्ख्या धेरै नै रहेको र नागरिकता लिनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
नरिवल आयातमा वृद्धि, ६ महिनामा ११ करोडको आयात
पश्चिम नेपालको प्रमुख भन्सार नाका नेपालगन्ज भन्सारबाट नरिवल आयात अत्यधिक बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा नरिवल आयातमा नौ गुणा बढी वृद्धि भएको हो ।
स्थानीय तहमा एमालेको ज्ञापनपत्र
नेकपा (एमाले) गुल्मीले स्थानीय तहमा भएका अनियमितता छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
धुर्कोट अस्पतालमा १५ शय्याको सेवा सुरु
गुल्मीको धुर्कोट आधारभूत अस्पतालमा १५ शय्याको सेवा शुभारम्भ गरिएको छ । धुर्कोट गाउँपालिकाको वडा –६ रजस्थलमा रहेको यस अस्पतालमा सो सेवा शुभारम्भ गरिएको हो ।
एसईई पास गरेका ९२ छात्रालाई साइकल वितरण
डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्तर्गत एसइई पास गरेका ९२ छात्राहरुलाई साइकल वितरण गरेको छ ।
प्रदेश सरकारको प्राथमिकतामा खेलकुद : मन्त्री चौधरी
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले प्रदेश सरकारले खेलकुद विकासलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
अधिकार क्षेत्र बाहिर काम गरेकाे आरोपमा सम्पन्न आयुर्वेदमा सिल
गुल्मीको तम्घासमा रहेको सम्पन्न आयुर्वेद पसल जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको छ ।
नेपालगन्ज-कैलाश मानसरोवर उडान सुरु
लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।
यात्रु आफैँले बटन थिचेर सडक पार गर्ने प्रविधि जडान
रुपन्देहीको बुटवल–भैरहवा सिद्धार्थ राजमार्गमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने (अन डिमान्ड पेलिक्यान क्रसिङ सिस्टम) सुरु गरिएको छ ।
भेरी अस्पतालमा सेवा विस्तारका लागि पहल
पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको उपचार हुने प्रमुख अस्पतालका रूपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेसँगै सेवा विस्तारको पहल पनि सुरु गरिएको छ ।
औषधी खरिदमा ढिलाइ हुँदा बिरामीलाई समस्या
दाङको घोराही उपमहानगरपालिका–१० स्थित नारायणपुर सहरी प्रवर्धन केन्द्रमा सिटामोल, एन्टासिट, जीवनजल, एस्पिरिनलगायतका अत्यावश्यक औषधी पाइँदैन । सरकारले निःशुल्क घोषणा गरेका यी औषधी बिरामीले सहजै पाउनुपर्ने भए पनि घोराही उपमहानगरपालिकाले औषधी खरिदमा ढिलाइ गर्दा स्वास्थ्य संस्थामा बिरामीलाई समस्या हुने गरेको छ । निःशुल्क घोषणा गरेका औषधी नागरिकले बाहिर किन्नुपर्ने बाध्यता छ । मङ्सिरसम्म औषधी भए पनि पछिल्लो समय औषधी सकिँदा बिरामीलाई बाहिर खरिद गर्न सुझाव दिने गरेको नारायणपुर सहरी प्रवर्धन केन्द्रका प्रमुख डिल्लीराज आचार्य बताउनुहुन्छ । प्रवर्धन केन्द्रका प्रमुख आचार्यले भन्नुभयो, “गत मङ्सिरसम्म निःशुल्क रूपमा पाइने औषधी थिए तर अहिले सकिएका छन् । औषधी नहुँदा सेवाग्राहीलाई बाहिर बजारमा रहेका औषधी पसलमा किन्न भन्ने गरेका छौँ ।” निःशुल्क भनेको औषधी नपाउँदा बिरामीले गुनासो गर्ने गरेको बताउनुभयो ।
बस्नेतको कृति लोकार्पण
पत्रकार एवं लेखक टीकाबहादुर बस्नेतको मार्क्सवाद र उत्तरआधुनिकतावाद पुस्तकको एक समारोहबिच लोकार्पण गरिएको छ । शनिबार घोराहीमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछाने र वाम विश्लेषक रोशन जनकपुरीले पुस्तकको लोकार्पण गर्नुभएको हो ।
जगदीशपुर चरा आरक्षमा पर्यटक तान्न फोटो कार्यशाला
कपिलवस्तुको जगदीशपुर चरा आरक्षको प्रचारप्रसार गरी पर्यटनको विस्तार गर्न फोटो कार्यशालाको आयोजना गरिएको छ ।
नागरिक सहायता कक्षसहितको भवन उद्घाटन
इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको परिसरमा निर्मित नागरिक सहायता कक्ष र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ ।
सडक दुर्घटनामा एकको मृत्यु
अर्घाखाँचीको मालारानी गाउँपालिका–६ साकिन्धाराका रामबहादुर विश्वकर्माको सडक दुर्घटनामा मृत्यु भएको छ।
कर्मचारीअभावमा काम गर्न कठिन
नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्मचारी अभावमा सञ्चालन भइरहेको छ ।
मार्क्सवाद र उत्तर आधुनिकतावाद कृति लोकार्पित
पत्रकार तथा लेखक टीकाबहादुर बस्नेतको मार्क्सवाद र उत्तर आधुनिकतावाद पुस्तकको एक समारोहबिच लोकार्पण गरिएको छ । शनिबार घोराहीमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. यादवप्रकाश लामिछाने र बाम विश्लेषक रोशन जनकपुरीले पुस्तकको लोकार्पण गर्नुभयो ।
‘समुदायमा कांग्रेस’ अभियानमा जिल्ला प्रतिनिधि खट्ने
नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानका लागि बाँकेमा ८१ वटै वडामा जिल्ला प्रतिनिधि खट्ने भएका छन् । कांग्रेस जिल्ला कार्यसमिति बाँकेको वैठकले ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको हो ।
बुटवल उपमहानगरले प्रचलनमा ल्यायो नयाँ नगर प्रतीक चिह्न
बुटवल उपमहानगरपालिकाले पहिलोपटक नगर प्रतीक चिह्न प्रचलनमा ल्याएको छ । नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिस समितिको सिफारिसमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिह्न प्रचलनमा ल्याएको हो ।
एपीएफका प्रिन्स दाहाललाई प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी
सशस्त्र प्रहरीको विभागिय टोली एपिएफका प्रिन्स दाहालले ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधी हात पारेका छन् ।