• १३ असोज २०८१, आइतबार

प्रदेश सरकारको प्राथमिकतामा खेलकुद : मन्त्री चौधरी

blog

बाँकेको बैजानाथ –४ मा प्रदेश सभा सदस्य गोल्डकपको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी तथा अन्य अतिथिहरू । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, माघ १५ गते । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले प्रदेश सरकारले खेलकुद विकासलाई प्राथमिकता दिएको बताउनुभएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–४ विकासनगरमा सोमबारदेखि सुरु भएको माघी मिलन तथा प्रदेशसभा सदस्य गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो,  ‘अहिले खेलकुद पर्यटनको राम्रो सम्भावना छ, युवाको पनि यसमा ध्यान जान जरुरी छ ।’ मन्त्री चौधरीले खेलाडी उत्पादनसँगै टिकाउन जरुरी रहेको बताउनुभयो । सरकारले भौतिक र मानवीय विकासलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

कार्यक्रममा बाँके क्षेत्र ३ (१) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले युवाहरूलाई रचनात्मक क्रियाकलापमा संलग्न गराउने उद्देश्यले स्थानीय युवाहरूको प्रस्तावमा प्रतियोगिता सुरु गरिएको बताउनुभयो । प्रदेशसभा सदस्य खत्रीको उत्प्रेरणामा बानियाभार स्मार्ट युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा विभिन्न १९ क्लबको सहभागिता रहेको छ । फुटबल प्रतियोगितासँगै माघी मिलन कार्यक्रम समेत आयोजना गरिएको छ ।