• १० मंसिर २०८१, सोमबार

नेपालगन्ज-कैलाश मानसरोवर उडान सुरु

blog

श्री एयरलाइन्स । फाइल तस्बिर

नेपालगन्ज, माघ १५ गते । लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो । 

भारतको दिल्ली, मुम्ब, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्थान गरेको सिद्धार्थ बिजनेस ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताउनुभयो । पर्यटन व्यवसायी तथा मेरो प्लानेटका प्रबन्ध निर्देशक डा. ओम मिश्रले लामो समयको प्रयासपछि उडान प्रारम्भ भएकामा खुशी व्यक्त गर्दै नेपालगन्ज पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको बताउनुभयो । 

नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जको पर्यटन प्रर्वद्धनमा नेपालगन्ज-कैलाश मानसरोवर उडान फलदायी हुने विश्वास व्यक्त गर्दै नेपालगन्ज–पोखराको उडानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । रासस