परम्परागत प्रविधि लोपोन्मुख
प्रविधिको परिवर्तनसँगै परम्परागत घरेलु प्रविधिको प्रयोगमा कमी आउन थालेको छ । प्युठानका गाउँघरमा समेत परम्परागत घरेलु प्रविधि विस्थापित बनेका छन् । चिउरीको बिजुला पेलेर घिउ निकाल्ने कोल, धान कुटेर चामल निकाल्ने ढिकी र मकै, गहुँ, कोदो पिसेर पिठो तयार गर्ने जाँतोजस्ता परम्परागत प्रविधिको प्रयोग अहिले गाउँमा कम हुँदै गएको छ । स्वर्गद्वारी नगरपालिका–५, सारीका ५० वर्षीय एमराज बुढाथोकीका अनुसार कोलमा चिउरीको बिजुला पेलेर घिउ निकालेको हिजो जस्तो लाग्छ । आधुनिक प्रविधिको विकाससँगै परम्परागत घरेलु प्रविधि र विधि विस्थापित बनेको हो ।
अनुदानको मलमा दुरुपयोग
बाँकेमा नेपाल सरकारले किसानहरूलाई अनुदानमा विक्री वितरण गर्न दिएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको छ ।नेपाल सरकारद्वारा अनुदानमा किसानहरूलाई बिक्री वितरण गर्न दिइएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
सात हजार घुस सहित बन अधिकृत पार्दे अख्तियारको नियन्त्रणमा
बाँके सब–डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे लाई अख्तियारको टोलीले घुस सहित नियन्त्रणमा लिएको छ । काठ चिरानको सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने क्रममा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
नेपालगन्जमा २५ वर्षपछि सुरु भयो राष्ट्रिय ब्याडमिन्टन
नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपालगन्ज रङ्गशालामा बिहीबारदेखि प्रथम नेपालगन्ज खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा २ सय ५० जना खेलाडीहरूले सहभागिता जनाउनु भएको छ ।
लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा विजयी
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको हो ।
थारु समुदाय लक्षित नीति बनाउँदै स्थानीय तह
जिल्लाका स्थानीय तहहरूले थारु समुदाय लक्षित नीति बनाएका छन् । राप्ती गाउँपालिकाले बडघर ऐन निर्माण गरेको छ । थारु समुदायको गाउँघरमा हुने कामलाई सामूहिकरुपमा गर्ने र न्यायिक कार्य पनि गर्ने गर्छन् ।
लुम्बिनीमा दुई मत खसेन : एक बिरामी, अर्कोलाई मतदान नै थाहा भएन !
राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सय तीन मत मात्रै खसेको छ । लुम्बिनी प्रदेशमा रहेको तीन सय पाँच मतमध्ये निर्वाचनमा तीन सय तीन मत मात्रै खसेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।
राजापानी सामुदायिक वनलाई सिमसार क्षेत्र बनाइँदै
रुपन्देहीको सैनामैना नगरपालिका–११ मा रहेको राजापानी सामुदायिक वनलाई सिमसार क्षेत्रको रूपमा विकास गरिने भएको छ ।
६ महिनामा ३० प्रतिशत राजस्व सङ्कलन
भैरहवा भन्सार कार्यालय रुपन्देहीले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा वार्षिक लक्ष्यको जम्मा ३० प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
सहकारीमार्फत स्वरोजगार बन्दै महिला
पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम र घाँसपातमा व्यस्त हुने प्रायः महिला गाउँगाउँमा सहकारी खुलेपछि अहिले रकम जम्मा गर्न थालेका छन् ।
बाँकेमा खानेपानी आयोजना अधुरो
बाँकेको खजुरा गाउँपालिका १ मा राधापुर खानेपानी आयोजनाको सुरुवात भएको १८ वर्षसम्म पनि पूर्णता पाउन सकेको छैन ।
लुम्बिनीमा ९७ प्रतिशत मतदान
लुम्बिनी प्रदेशमा ९७ प्रतिशत मतदान भएको छ । लुम्बिनी प्रदेशअन्तर्गत दुई सिटका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमाबिहीबार दिउँसो १ बजेसम्म ९७ प्र्रतिशत मत खसेको लम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
क्षमताभन्दा बढीको उपचार दिँदै अस्पताल
दैनिक पाँच सय बिरामी जाँचको क्षमता भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले त्यसको चार गुणाभन्दा बढीलाई सेवा दिइरहेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट सो अस्पतालमा उपचारका लागि सेवाग्राही आउने गरेका छन् । विसं १९६७ सालमा स्थापना भएको सो अस्पतालले अहिले विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुदर्शन थापाका अनुसार अस्पतालले सामान्य चिकित्सा, शल्यक्रिया, बालचिकित्सा, कार्डियोलोजी, न्युरोलोजी, न्युरो सर्जरी, मनोरोग, अर्थोपेडिक शल्यक्रिया (फिजियोथेरापी सेवासहित), नाक र घाँटी शल्यक्रिया, प्रसूति र स्त्रीरोग र दन्त तथा छालाका लागि ओपिडी सेवा प्रदान गरिरहेको छ । उहाँका अनुसार अस्पतालले प्रयोगशाला, रेडियोलोजी, इसिजी, इन्डोस्कोपीलगायतका सेवासमेत प्रदान गर्दै आएको छ ।
सुरक्षा हिसाबले कमजोर कारागार
बाँकेको नौवस्तामा नवनिर्मित कारागार भवनको भौतिक पूर्वाधार सुरक्षाका हिसाबले कमजोर देखिएको छ । ५० करोडभन्दा बढी रकम खर्च गरेर निर्माण गरिएको सो कारागारमा कैदीबन्दी सार्ने तयारी भइरहेका बेला सुरक्षाका दृष्टिकोणले सो कारागार भवन कमजोर रहेको सुरक्षा अधिकारीले नै बताएका छन् ।
सिर्जनशील गाई फार्मबाट मनग्गे आम्दानी
स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएकी कोहलपुर–१२, चप्परगौडीकी शारदा शर्माले गाईपालनबाट वार्षिक छ लाख बढी आम्दानी गरिरहनुभएको छ । ३८ वर्षीय शर्माले सञ्चालन गर्नुभएको सिर्जनशील गाई फार्म बाँके जिल्लाकै उत्कृष्ट गाई फार्मको रूपमा परिचित हुन सफल भएको छ ।
रेसुङ्गा पार्क सञ्चालनमा
गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा पार्क सञ्चालनमा आएको छ । रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित निर्माण भएको रेसुङ्गा पार्क लामो समयपछि सञ्चालनमा आएको हो ।
शिवराजमा थारू सङ्ग्रहालय सञ्चालन
कपिलवस्तुको शिवराज नगरपालिकामा थारु सङ्ग्रहालय सञ्चालनमा आएको छ । नगरपालिकाको वडा –१ उमरीमा थारु संस्कृति, सभ्यता, रहनसहन, भेषभुषाको प्रवर्धन हुनेगरी सङ्ग्रहालय सञ्चालन गरिएको छ ।
लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी पूरा भएको हो ।
गोरखापत्रकर्मी भुसाललाई पितृशोक
गोरखापत्र संस्थानको उत्पादन विभागका निर्देशक ओमप्रकाश भुसालका पिता पोमनारायण (हरिप्रसाद) भुसालको ७६ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । उहाँको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
क्यान्सरपीडित शर्मालाई आर्थिक सहयोग
बाँकेका एक जना विपन्न क्यान्सरपीडितलाई उपचारका लागि २५ हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
‘विश्व गायत्री स्मृति भवन’ भानु माविलाई
भैरहवाको भानु माध्यमिक परिसरमा निर्मित ‘विश्व गायत्री स्मृति भवन’ विद्यालयलाई हस्तान्तरण गरिएको छ।
यात्रु चढाउने होडले सवारी दुर्घटना बढ्दै
दाङमा केही दिनअघि तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको बसले दुधरासमा स्कुले बालकलाई ठक्कर दियो । भे १ ख ३६९७ नम्बरको बसको ठक्करबाट जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत सागर चौधरीको घटनास्थलमै मृत्यु भयो ।
गुल्मी अस्पतालमा नसर्ने रोगका लागि छुट्टै क्लिनिक
सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा नसर्ने रोगका लागि छुट्टै पेनप्लस क्लिनिक सञ्चालन हुने भएको छ । अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि सेवा उपलब्ध हुनेछ ।
‘प्रादेशिक औद्योगिक एवम् पर्यटन महोत्सव’ सुरु
‘प्रथम बैजनाथ तथा छैटौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव-२०८०’ आजदेखि सुरु भएको छ ।