• १३ साउन २०८१, आइतबार

क्यान्सरपीडित शर्मालाई आर्थिक सहयोग

blog

क्यान्सरपीडित शर्मालाई नगद २५ हजार सहयोग हस्तान्तरण गर्दै । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ १० गते । बाँकेका एक जना विपन्न क्यान्सरपीडितलाई उपचारका लागि २५ हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ । 

नेपालगन्ज –४ बसपार्क निवासी ५८ वर्षीय गोपाल शर्मा गत डेढ वर्षदेखि क्यान्सर रोगबाट पीडित भई अहिले खजुरा क्यान्सर अस्पतालमा उपचार गराइ रहनुभएको छ । 

उहाँको आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएपछि उपचारलाई निरन्तर जारी राख्न आर्थिक सहयोग प्रदान गरिएको जनाइएको छ । 

नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्ट प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्मा र एजुकेटेड सेफ बन्धु चौधरीले संकलन गरेको २५ हजार २०५ नगद रकम पीडित शर्मालार्ई हस्तान्तरण गर्नुभयो ।  

सुनाखरीका कर्मचारीबाट सो रकम संकलन गरिएको सुनाखरी रेष्टुरेन्टका प्रबन्ध निर्देशक शर्माले बताउनुभयो । आर्थिक अभावले उपचारमा समस्या भएका शर्मालाई थोरै भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको उहाँले बताउनुभयो । 

उता, क्यान्सरपीडित शर्माले सहयोग गर्ने दुबै जनाप्रति आभार प्रकट गर्दै अन्य समाजसेवी र दाताहरुसँग थप सहयोग गरेर जीवन रक्षामा सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले एक अपिल प्रकाशित गरेर आर्थिक अभावले उपचारमा समस्या हुँदैगएको जनाउँदै सहयोगका लागि अनुरोध गर्नुभएको हो ।