कपिल ज्ञवाली
सिद्धार्थनगर, माघ १० गते। भैरहवाको भानु माध्यमिक परिसरमा निर्मित ‘विश्व गायत्री स्मृति भवन’ विद्यालयलाई हस्तान्तरण गरिएको छ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा सामाजिक योगदान पुर्याउँदै आएको भैरहवाको प्रसिद्ध औद्योगिक घराना न्यौपाने परिवारले १० लाख रुपियाँ लागतमा भवनमै दुई वटा सटर निर्माण गरिदिएको छ।
भैैरहवाका समाजसेवी स्व.लीलाराम न्यौपानेका पत्नी कुन्तिदेवी न्यौपानेले विद्यालय परिसरमा नवनिर्मित सटर विद्यालयलाई हस्तान्तरण गर्नुभयो। स्व. लीलारामका छोरा विष्णुप्रसाद न्यौपानले उक्त रुकम उपलब्ध गराउनुभएको हो।
न्यौपाने परिवारका सदस्य विष्णुले मुलुकका विभिन्न २९ वटा विद्यालयमा छात्रवृत्ति अक्षयकोषको स्थापना र भवन निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो। ‘सरकारी स्तरबाट संचालित विद्यालय र अस्पताललाई सक्दो सहयोग गर्ने हाम्रो मान्यता छ’’, उहाँले भन्नुभयो।
न्यौपाने परिवारले भानु माध्यामिक विद्यालय संचालनका लागि जमिन र फर्निचरको पनि व्यवस्थापन गर्नुका साथै विश्व गायत्री स्मृति छात्रवृत्ति अक्षयकोषको समेत स्थापना गरेको छ।
विद्यालयका प्रधानाध्यापक मोतिलाल सुवेदीले नवनिर्मित सटरलाई चाँडै टेण्डर आह्वान गरेर सदुपयोग गरिने बताउनुभयो।