• १२ असोज २०८१, शनिबार

गोरखापत्रकर्मी भुसाललाई पितृशोक

blog

स्वर्गीय पोमनारायण (हरिप्रसाद) भुसाल ।

काठमाडौं, माघ १० गते । गोरखापत्र संस्थानको उत्पादन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसालका पिता पोमनारायण (हरिप्रसाद) भुसालको ७६ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । उहाँको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

लामो समयदेखि निमोनियाको समस्या झेल्दै आउनु भएका भुसालको स्वास्थ्यमा समस्या देखिएपछि उपचारार्थ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो । त्यहाँ सघन उपचार कक्षमा राखेर उपचार गर्ने क्रममा हृदयाघातबाट उहाँको निधन भएको जानकारी चिकित्सकले दिएका थिए ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. २ वल्कोटमा वि.सं. २००४ साउन २५ गते जन्मनु भएका पोमनारायण गाउँमा भने हरिप्रसादका नामले परिचित हुनुहुन्छ । स्वर्गीय भुसालका श्रीमती, दुई छोरा र चार छोरी हुनुहुन्छ । पछिल्लो समय उहाँ मध्यपुर थिमि भक्तपुरमा छोराको घरमा बस्दै आउनु भएको थियो ।