अस्मिता पोखरेल
धादिङ, असार १८ गते । धादिङको ज्वालामुखी गाउँपालिकाले कृषकहरूलाई अनुदानमा मिनी टिलिर वितरण गरेको छ । कृषकहरूलाई कृषि क्षेत्रमा काम गर्न सहज होस् भनेर ५० प्रतिशत गाउँपालिका र ५० प्रतिशत सम्बन्धित कृषकहरूको लगानीमा मिनी टिलिर वितरण गरिएको हो ।
कृषि क्षेत्रमा आबद्ध रहेका ५८ जना कृषकहरूलाई गाउँपालिका अध्यक्ष यमनाथ दनैले मिनी टिलर वितरण गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष यमनाथ दनैले कृषि क्षेत्रको विकास नभएसम्म गाउँपालिकाको विकास नहुने बताउनुभयो । उहाँले कृषिलाई यान्त्रिक र आधुनिक बनाउँदै बजारीकरणमा जोड दिँदै गाउँपालिकाले विशेष योजना बनाएर कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो।
“प्राप्त उपकरणको सहि सदुपयोग गर्नुहोस्, अनि बिग्रिएमा मर्मतसम्बन्धी तालिम पनि गाउँपालिकाले सञ्चालन गर्ने छ," अध्यक्ष दनैले भन्नुभयो । साथै, वितरण गरिएका मिनी टिलरहरू प्रयोग नगरी थन्काएर नराख्न विशेष आग्रह समेत उहाँले गर्नुभयो ।