भरुवा बन्दुक बरामद
बाँके प्रहरीले एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको छ ।
घुम्ती शिविरबाट ४२ जनाले लिए स्थायी बन्ध्याकरणको सेवा
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिरहेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरबाट ४२ जना नागरिकले सेवा लिएका छन् ।
'मिलन केन्द्र डायरी' विमोचन
गुल्मीमा कर्मचारी मिलन केन्द्रद्वारा प्रकाशित डायरीको विमोचन गरिएको छ ।
लैङ्गिक हिंसा न्यूनीकरण गर्न आर्थिक रूपमा सबल बन्नु पर्छ
लैङ्गिक हिंसा न्यूनीकरण गर्न महिलालाई आर्थिक र सामाजिक रूपमा सबल बनाउनुपर्ने धारणा सार्वजनिक भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत तानसेनमा आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन् । सहभागीहरूले महिलालाई आर्थिक र सामाजिक रूपमा सबल बनाउन सके मात्र महिलामाथि हुने सबै किसिमका हिंसाका घटना नहुने बताएका छन् । पीडितले सामाजिक अपहेलनाका कारण हिंसाका घटनालाई बाहिर ल्याउने अवस्था नरहेको भनाइ महिला अधिकारकर्मीको छ ।
अङ्ग्रेजी, विज्ञान र गणित शिक्षक पाउनै मुस्किल
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणितका शिक्षक पाउनै मुस्किल हुन थालेको छ। विद्यालय तहमा विद्यार्थी कम उत्तीर्ण हुने विषयमा शिक्षक पाउन नसक्दा नतिजा झन् खस्किने अवस्था देखिएको छ। मालिका गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयले गत चैत महिनादेखि गणित शिक्षक आवश्यकताका लागि पाँच पटकसम्म आवेदन खुलायो तर पनि गणित शिक्षक पाउन सकेको छैन।
बाल प्रतिभाको प्रस्तुति
यहाँ आयोजना गरिएको दोस्रो नेपालगन्ज किड्स फेस्टिभलमा विभिन्न विद्यालयका बालबालिकाले नृत्य, गायन, चित्रकला र वक्तृत्वकलामा आआफ्नो प्रतिभा देखाएर पुरस्कार जितेका छन् । सो फेस्टिभलमा नृत्य, गायन, चित्रकला र वक्तृत्वकलासहित चार विधामा प्री स्कुल, प्राइमेरी र खुला गरी ११ तहमा प्रतिस्पर्धा गराइएयो । जस अन्तर्गत खुला एकल नृत्यमा दिलीप चुनारा प्रथम, स्वस्तिका गुरुङ द्वितीय र प्रेरणा थापा तृतीय भएका छन् । प्राथमिक तहको एकल नृत्यमा इरिना शाक्य पहिलो, अधिरा बहेलिया दोस्रो र हिमानी भट्ट तेस्रो भए ।
अझै सञ्चालनमा आएन आइसिपी
यहाँस्थित नेपाल–भारत नाकामा तयार भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आउन अझै एक महिना लाग्ने भएको छ । सो आइसिपी उद्घाटन गरिएको छ महिना पूरा भएको छ तर अझै सञ्चालनमा आएको छैन । गत जेठ १८ गते नेपाल र भारतका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको सो आइसिपीमा विद्युत् जडानलगायत निर्माणका केही काम पूरा हुन नसकेको हुँदा भारतीय पक्षले हस्तान्तरण नगरेकाले सञ्चालन गर्न नसकिएको बताइएको छ । उक्त आइसिपीको भारततर्फको निर्माण कार्य शतप्रतिशत पूरा भइसकेको र नेपालतर्फको काम अन्तिम चरणमा रहेको छ ।
लोकतन्त्र रक्षा गर्न बेलैमा सचेत बनौँ : कृष्ण पहाडी
मानव अधिकारवादी नेता कृष्ण पहाडीले लोकतन्त्र रक्षाका लागि बेलैमा सचेत रहन दलहरूलाई आग्रह गर्नुभएको छ । लोकतन्त्र रक्षाका लागि दलहरू नलाग्ने हो भने लोकतन्त्र गुम्ने र उनीहरूलाई इतिहासले क्षमा नगर्ने उहाँको कथन छ ।
अपाङ्गता दिवसमा स्वास्थ्य शिविर
३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आइतबार बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित कचनापुर स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर तथा लेखाजोखा कार्यक्रम गरिएको छ ।
बीउ उत्पादनमा आत्मनिर्भर बनाउन माग
गुल्मीमा सहभागी एक कार्यक्रमका कृषकहरूले जिल्लालाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने माग गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा कृषकलाई व्यावसायिक बीउ उत्पादनका लागि बीउबिजन व्यवसायी अनुमतिपत्र प्राप्त गर्न आवश्यक पर्ने तालिममा सहभागी कृषकहरूले यस्तो बताएका हुन् ।
खुल्दै छन् एचआइभी सङ्क्रमित
केही वर्षअघिसम्म लुकेर बसेका सङ्क्रमित हिजोआज खुलेर समाजिक काम तथा आफ्नो व्यक्तिगत काममा सक्रिय हुन थालेका छन् ।
भेरीमा सर्जिकल ग्यास्ट्रोलोजी सेवा सुरु
पश्चिम नेपालकै रेफरल अस्पतालका रुपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा एकपछि अर्को गरेर विशेषज्ञ सेवाहरु थप हुनेक्रम जारी छ ।
तानसेनमा प्रथम मेयर कप हुने
तानसेनमा प्रथम मेयर कप हुने भएको छ । नगरपालिकाको आयोजनामा यही मङ्सिर २० गतेदेखि प्रथम मेयर कप प्रतियोगिता हुन लागेको हो । सोमबार तानसेनमा पत्रकार भेटघाट गरेर पहिलो पटक प्रतियोगिता गर्न लागेको जानकारी नगरपालिकाले दिएको हो ।
महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
काष्ठ व्यवसाय धराशायी बन्दै गएको व्यवसायीको गुनासो
नेपाली काठको सटृृा विदेशी वैकल्पिक वस्तुलाई बढी महत्व दिँदा यहाँको व्यवसाय धराशायी बन्दै गएको वन पैदवार उद्योग व्यवसायीको गुनासो छ । उद्योगी व्यवसायीले सरकारी भवनमा पछिल्ला वर्षमा काठको स्थानमा वैकल्पिक वस्तु आल्मुनियम र पिभिसी प्रयोग बढ्दै गएकामा उनीहरुले चिन्ता व्यक्त गर्न थालेका हुन् ।
जसपाका अध्यक्ष यादवद्वारा श्रद्धाञ्जली अर्पण
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बाँकेको नरैनापुर पुगेर मुस्लिम सुफी मुस्ताक अहमद शाहको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै उहाँको परिवारलाई समवेदना प्रकट गर्नुभएको छ ।
दाङमा ११ हजार बढी घरेलु तथा साना उद्योग
दाङमा घरेलु तथा साना उद्योगको सङ्ख्या ११ हजार बढी पुगेको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लाका दश स्थानीय तहमा ११ हजार ४ सय ७ वटा घरेलु तथा साना उद्योगहरू दर्ता भएका छन् ।
कुलतबाट जोगाउन सडक नाटक
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले युवालाई कुलतमा फस्न नदिन विशेष अभियान थालेको छ । लुम्बिनीमा पछिल्लो समय युवा बढी लागूऔषध सेवन गर्ने गरेकाले नगरपालिकाले लागूऔषध दुर्व्यसनी सम्बन्धी सडक नाटक सुरु गरेको हो ।
मन्त्रीद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर १९ विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गर्नुभएको छ ।
चार हजार क्विन्टल धान खरिद
नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको छ ।
सङ्घीय संरचना अनुसार पार्टीलाई चलायमान बनाउन आग्रह
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न सम्मेलनले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ ।
ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु
पाल्पामा गए राति ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट–१, ख्याहा बस्ने २४ वर्षीय शिवबहादुर पालुङ्गे रहनुभएको प्रहरीले जनाएको छ ।
रामपुरमा व्यावसायिक कालिजपालन
रामपुर क्षेत्रमा नयाँ व्यवसायको रूपमा कालिजपालन थालनी भएको छ । रामपरु नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ ।
क्षयरोगी खोजी गर्दै स्वास्थ्यकर्मी
रुपन्देहीको कञ्चन गाउँपालिकामा क्षयरोगीको खोजी अभियान सुरु भएको छ । जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा क्षयरोग सक्रिय रहेको छ । क्षयरोगको न्यूनीकरणका लागि पालिकाको स्वास्थ्य शाखाले सो अभियान थालेको हो ।