लोपोन्मुख कुसुण्डा भाषा सिक्दै नयाँ पुस्ता
भाषा आयोगले लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा जातिको भाषा संरक्षणसँगै विकास गर्ने उद्देश्यले इच्छुक नयाँ पुस्तालाई लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा भाषा सिकाउन थालेपछि विगत केही समयदेखि हेमा र मनबहादुरलगायतका १२ जनाले भाषा सिक्दै आउनुभएको हाे ।
पाल्पाको जोरधारामा बस दुर्घटना : एकको मृत्यु, ११ घाइते
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–५, जोरधारा नजिकै बस दुर्घटना भएको छ । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश सरकारका सय दिन अलमलमै बिते
लुम्बिनी प्रदेश सरकारको एक सय दिन अलमलमै बितेको पाइएको छ। नेकपा (एमाले)को तर्फ लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नुभएका मुख्यमन्त्री लीला गिरीको सरकारले सरकार गठन भएको एक सय दिनमा महत्वपूर्ण कुनै पनि काम देखाउन सकेन। राजधानी कार्यान्वयन र मन्त्रालयको सङ्ख्या घटाउनुलाई मुख्य उपलब्धि ठानेको प्रदेश सरकारले जनसरोकारको सवालमा ठोस योजना र कार्यक्रम ल्याउन नसकेको पाइएको हो। मुख्यमन्त्री बनेको छोटो समयमा सत्ता सहयात्री दलहरू जनता समाजवादी, नागरिक उन्मुक्तिलगायतका दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो।
धार्मिक महोत्सवको तयारी तीब्र
गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा नौ दिनसम्म हुने धार्मिक महोत्सवको तयारी तीव्र बनाइएको छ । रेसुंगा संरक्षण समितिले वैशाख २३ गतेदेखि ३१ गतेसम्म आयोजना हुँदैछ ।
कपिलवस्तुको विजयनगर आगलागी
जानु पाण्डेकपिलवस्तु, वैशाख ९ गते। कपिलवस्तुको विजयनगर गाउँपालिका ५ सिसवामा दोस्रो पटक आगलागी भएको छ। शनिबार बिहान ११ बजे भएको आगलागीमा सात वटा घर टहरामा क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरमा प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिनुभयो।आगलागीमा परी शिवपुजन यादवको घर तथा राम दुलारे पासी, राम निवाश पासी, राम किशुन पासी, राम जस पासी, टिकाराम पासी, लक्ष्मी नारायण अहिरको गोठ जलेर क्षति भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिवराज नगरपालिका र कृष्णनगर नगरपालिको दमकल खटिएको थियो। आगलागीबाट चार लाख रुपियाँको क्षति भएको जनाएको छ।सोही ठाउँमा दुई दिन अगाडि (बिहीबार) आगलागी हुँदा २६ घर गोठमा क्षति भएको थियो। शुक्रवार जिल्ला प्रशासन कार्यालय, विजयनगर गाउँपालिका र संघ संस्थाले राहत प्रदान गरेको थिए।
कोरोनाबाट भेरी अस्पतालमा एकको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट करिब एक वर्षपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जनाको मृत्यु भएको छ । भेरी अस्पतालका निमित्त प्रमुख डा. राजन पाण्डेले दिनुभएको जानकारीअनुसार बाँके राप्तिसोनारी गाउँपालिका –२ का ८६ वर्षीय ज्येष्ठनागरिकको उपचारका क्रममा शनिवार मृत्यु भएको हो ।
सिद्धार्थनगरमा ७४ किसानलाई ‘कृषक कार्ड’
रुपन्देहीको सिद्धार्थनगरका किसानलाई कृषक कार्ड वितरण गरिएको छ । सिद्धार्थनगर वडा –४ ले आफ्नो वडाभित्रका कृषकलाई कृषक कार्ड वितरण गरेको हो । उहाँहरूलाई एक कार्यक्रमबीच कार्ड हस्तान्तरण गरिएको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले जानकारी दिनुभयो ।
नेपालगञ्जमा मनाइयो शान्ति र सदभावको पर्व ‘ईदुलफितर’
बाँके जिल्लाका मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धुमधामका साथ शान्ति र सद्भावको महान पर्व ईदुल फितर शनिबार मनाएका छन् ।
महिला पत्रकारको मेची महाकाली अभियान कोहलपुर पुग्यो
जातीय भेदभाव निराकरण गर्ने उद्देश्यले महाकाली मेची अभियानमा साइकल यात्रामा निस्कनु भएका महिला पत्रकारलाई कोहलपुरमा स्वागत गरिएको छ ।
भाँडो बनाउँदै परम्परा धान्दै कुमाल (फोटो फिचर)
आधुनिक जीवनशैलीका कारण विस्थापित बनेको माटोको भाँडो बनाउने कामलाई यहाँका एक युवाले निरन्तरता दिनुभएको छ ।
मन्त्रालयको सङ्ख्या कटौती मुख्य उपलब्धि
लुम्बिनी प्रदेश सरकार गठन भएको शुक्रबार सय दिन पुगेको छ। नेकपा (एमाले)को तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो भने अर्को दिन पुस २८ गते शपथ लिनुभएको थियो। प्रदेश सरकारले सय दिन पूरा गरे पनि सरकारको सुरुको एक महिना भने मन्त्रीपरिषद्ले पूर्णता नपाउँदा सुरुवाती दिनमै सरकारको काम कारबाही प्रभावकारी हुन सकेको थिएन। सरकारलाई समर्थन दिएका आठ दललाई सरकारमा सहभागी गराएर भागबन्डा मिलाउन मुख्यमन्त्रीलाई चुनौती बनेको थियो। मुख्यमन्त्रीले शपथ लिएको करिब एक महिनापछि मात्र मन्त्रीपरिषद्ले पूर्णता पाएको र त्यसपछि भने प्रदेश सरकारले महत्वपूर्ण काम अघि बढाएको मुख्यमन्त्रीको सचिवालयले दाबी गरेको छ।
आरन व्यवसायमा दुःख धेरै, कमाइ कम
कृषिमा आधुनिक औजारको प्रयोगसँगै खेतीपाती गर्दा कृषकले प्रयोग गर्ने हँसिया, खुकुरी, फाली, कुटो, कोदालीलगायतका फलामे औजारको किनबेच घटेको छ । पहिलेजस्तो घरेलु उद्योगमा तयार पारिएका औजार बिक्री हुन छाडेको छ । विगत तीन दशकदेखि घरेलु आरन उद्योग व्यवसाय सञ्चालन गरिरहेका सिस्ने गाउँपालिका–२, बल्दजुर्नाका हर्कवीर कामी निराश हुनुहुन्छ । “दिनभर दुःख गर्दा एक/दुईवटा औजार बन्छ,” कामीले भन्नुभयो, “बाहिरबाट ल्याइएका बजारमा उस्तै औजार केही कम मूल्यमा पाइने भएपछि हाम्रो दुःख छाडेर फलामको पैसा पनि उठ्दैन ।”
आगलागी पीडित परिवारलाई राहत वितरण
बाँकेको विभिन्न पालिकामा भएको आगलागीबाट प्रभावित परिवारलाई स्थानीय तह र नेपाल रेडक्रसले खाद्य र गैरखाद्य राहत सामग्री वितरण गरेको छ ।
गुल्मीबाट सुशासनका लागि साक्षरता कार्यक्रम सुरु
गुल्मीबाट सुशासनका लागि साक्षरता कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयको सहयोगमा रिपोर्टर्स क्लब नेपालले सो कार्यक्रम सुरु गरेको हो ।
बाँकेमा अन्तर्राष्ट्रिय मापदण्डको दोस्रो पौडी पोखरी निर्माण
बाँके जिल्लामा पौडी खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ दोस्रो अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी निर्माण गरिएको छ ।
क्यान्सर अस्पतालमा रक्त सञ्चार सेवा केन्द्र स्थापना हुँदै
बाँकेको खजुरामा रक्त सञ्चार सेवा केन्द्र स्थापना गरिनेभएको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा दिइरहेको खजुरामा विरामीको सहज उपचारका लागि रक्त सञ्चार सेवा केन्द्र अत्यावश्यक महसुश भएपछि सेवा सञ्चालनको तयारी गरिएको छ ।
स्कुटी र बस ठोक्किएर एकको मृत्यु
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ –३, झुम्सापुल नजिकै बस र स्कुटी एकापसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
रानीमहलमा यसै महिना बीच भलिबल हुने
राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिता वैशाख २८ देखि ३० गतेसम्म पाल्पाको रानीमहलमा हुने भएको छ ।
जिल्लाभरि वनमा डढेलो, निभाउन समस्या
लामो समयको खडेरीले जिल्लाभरि डढेलो लाग्नेक्रम बढेको छ । पछिल्लो समय सुख्खा खडेरीका कारण डढेलोको घटना बढेको हो । खडेरीले जिल्लाभरिका सामुदायिक, सरकारी तथा निजी वनमा डढेलो लागेको छ ।
खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन सुरु
नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरूलाई खोप लगाउन सुरु गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरूलाई घरधुरी सर्वेक्षणमार्फत खोजेर खोप लगाउन सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।
फुसको छानारहित पालिका बनाउने अभियान सुरु
बाँकेको खजुरा गाउँपालिका भित्रका सबै फुसको घरमा जस्तापाता लगाएर पालिकालाई फुसको छानारहित बनाउने अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
रुपन्देहीका ८ मस्जिदमा फलफूल वितरण
मुस्लिम समुदायको पर्व रमजानको अवसरमा मस्जिदमा फलफूल वितरण गरिएको छ ।
बाटो भासिएपछि भिरमा पक्की पुल निर्माण
रुकुम पूर्वको सिस्ने गाउँपालिका –२ को मान्द्रे भिरमा पक्की पुल निर्माण गरिएको छ । गत वर्षको वर्षायाममा भासिएको बाटोमा हालै पुल निर्माण गरिएको हो ।
गुल्मीमा आगो निभाउने क्रममा बालकको मृत्यु
गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका –३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिसन अस्पताल, पाल्पामा मृत्यु भएको हो ।