इमान सिं राना
रामपुर (पाल्पा), पुस २६ गते । निस्दी गाउँपालिकाले गोरखापत्रकर्मीसहित विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ । गाउँ सभाको १४ औं अधिवेशनको अवसरमा विहिबार गोरखापत्रको रामपुर समाचारदाता इमान सिं रानासंगै गाउँपालिकका उत्कृष्ट कर्मचारी, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, उद्यमी, कृषक, उपभोक्ता समूह र सहकारीलाई सम्मान गरेको हो ।
सम्मानित हुने पालिकाभित्रको उत्कृष्ट संस्था तथा उपभोक्ता समितिमा जलदेवी महिला सामाजिक उद्यमी सहकारी संस्था निस्दी–२, रिङ्दी पाक्दी केवरापानी बेलडाँडा लिफ्टिङ्ग खानेपानी उपभोक्ता समिति निस्दी–५, खोप्लाक मोटर बाटो ढलान उपभोक्ता समिति निस्दी–४, वडा कार्यालय जाने बाटो उपभोक्ता समिति निस्दी–५ रहेको छ ।
त्यस्तै, उत्कृष्ट उद्यमीमा निस्दी–५ का शेरबहादुर सोती, उत्कृष्ट कृषकमा निस्दी–३ का लक्ष्मी घर्ती, उत्कृष्ट विद्यार्थीमा सरस्वती मावि निस्दी–५ का अभिषेक अर्याल, उत्कृष्ट शिक्षकमा सरस्वती मावि निस्दी ५ का प्रदिप अर्याल, जीवन ज्योति आधारभूत विद्यालय निस्दी–४ का पविसरा सोती, उत्कृष्ट प्रधानाध्यापक सरस्वती मावि निस्दी–५ का सुशिल ढकाल सम्मानित हुनुभएको छ ।
गाउँपालिकाको उत्कृष्ट कर्मचारीमा श्रेणी विहीनतर्फ ३ नं. वडा कार्यालयका वीरबहादुर ढेंगा, गाउँपालिकाका कर्मचारी लालबहादुर खन्गाहा, उत्कृष्ट स्वास्थ्यकर्मीमा अर्चले स्वास्थ्य चौकीका विद्यानन्द राय, बाकामलाङ स्वास्थ्य चौकीका हरीमाया राम्जाली, उत्कृष्ट कृषि÷पशु प्राविधिक र वडा सचिवमा पशु सेवा शाखा प्रमुख ओम बहादुर मश्राङ्गी, उत्कृष्ट करार कर्मचारी तर्फ राधा खण्डलुक, उत्कृष्ट प्राविधिकमा संजय खनाल र उत्कृष्ट शाखा प्रमुखमा प्रशासन शाखा प्रमुख अर्जुन खनाललाई सम्मान प्रदान गरिएको हो ।
सम्मानित व्यक्ति तथा संस्थाहरुलाई प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्य, निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु र उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले सम्मान गर्नुभएको थियो । उत्कृष्ट विद्यार्थीलाई नगद २० हजार र अन्य सम्मानित व्यक्ति तथा संस्थाहरुलाई नगद १०÷१० हजारसहित खादा र सम्मान पत्रले सम्मान गरिएको हो ।
गोरखापत्रकर्मी रानालाई पत्रकारितामार्फत आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनमा पु¥याउनु भएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाले योगदानको आधारमा मूल्याङ्कन गरी कर्मचारी, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, उद्यमी, कृषक, सञ्चारकर्मी, उपभोक्ता समूह र संस्थालाई सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जानकारी दिनुभयो ।
अधिवेशनमा बोल्दै प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले जनताको प्रत्यक्ष सम्पर्कमा स्थानीय तहका जनप्रतिनिधिहरु रहने भएकाले संघीयताको विषयमा जनतालाई जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले पूर्वाधार विकासको कार्य क्रमशः हुँदै गइरहेको र अब शिक्षा र स्वास्थ्य विशेष जोड दिन आग्रह गर्नुभयो । लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले संघीयताको मर्म अनुसार निस्दी गाउँपालिकाले प्रदेश र संघीय सरकारसंग समन्वय गरेर अघि बढेको पाइएको बताउनुभयो ।
गाउँ सभाले सामाजिक विकास समितिका संयोजक दुर्गा बहादुर सोमैले पेश गर्नुभएको निस्दी गाउँ शिक्षा विद्येयक–२०८०, उपाध्यक्ष तीरन कुमारी श्रेष्ठ पेश गर्नु भएको चालु आर्थिकको प्रगति प्रतिवेदन तथा रकमान्तर प्रस्ताव, लेखासमितिबाट प्रस्तुत भएको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको प्रवक्ता मेखबहादुर सुनारीले जानकारी दिनुभयो । गाउँ सभाले चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रम तथा योजना मध्ये दुई करोड ७ लाख ८२ हजारको बजेट रकमान्तर गरेको छ ।