• १२ साउन २०८१, शनिबार

कुइरेपानीमा अवस्थित कालिकादेवीको मन्दिर

blog

दाङको घोराही उपमहानगरपालिका-२ कुइरेपानीमा अवस्थित छ, कालिकादेवी मन्दिर । तस्बिर : राजेश ढुङ्गाना

घोराही, पुस २८ गते । दाङको घोराही उपमहानगरपालिका-२ कुइरेपानीमा अवस्थित छ, कालिकादेवी मन्दिर । यो मन्दिर लमही बजारबाट दाङ जाँदा राजमार्गको बायाँतर्फ निकै फराकिलो र सुन्दर फुल बगैँचाले सजिएको स्थलमा रहेको छ ।

मन्दिरको गर्भगृहमा कालिकादेवीको निकै आकर्षक मूर्ति छ ।

यस मन्दिरका पुजारीका अनुसार यस यहाँ विशेषगरी नेपाली हिन्दुहरूको महानपर्व विजया दशमीमा भक्तजनहरूको अत्यधिक भिड लाग्ने गर्दछ । यस देवीको पूजा अर्चना गर्नाले दुःख कष्ट हरण हुने जनविश्वास समेत रहेको छ ।